
वीरगन्ज,१८जेठःनेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा वीरगन्जमा आइतबार साँझ दीप प्रज्वलन कार्यक्रम आयाेजना गरिएको छ।नेपाल प्रेस युनियन पर्साले घण्टाघर चाेकमा दीप प्रज्वलन कार्यक्रम गरेर स्थापना दिवस मनाएको हाे।
दीप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि एंव वीरगन्ज महानगरका उपमेयर इम्तियाज आलमले मुलुकमा लाेकतन्त्र स्थापनामा प्रेस युनियनकाे अग्रणी भूमीका रहेकाे बताए।मुलुक नागरिककाे हितमा कलम चलाउने श्रमजीवी पत्रकारहरुकाे संगठन प्रेस युनियनले पत्रकारिता क्षेत्रमा कायम गरेकाे ईतिहास कांग्रेसका लागिपनि गाैरवकाे विषय भएको उनले बताए ।
नेपाल प्रेस युनियनका केन्द्रीय सचिव एंव नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशाेक तिवारीले प्रेस युनियनकाे ३४ वर्षकाे गाैरवमय ईतिहास पत्रकार सम्बद्ध अरु कुनैपनि संगठनकाे नभएकोले प्रेस युनियनकर्मी हुनुमा सबैले गाैरव गर्नुपर्ने बताए ।
प्रेस युनियन पर्साका अध्यक्ष विजय महताेकाे अध्यक्षतामा भएको दीप प्रज्वलन कार्यक्रममा प्रेस युनियनका संस्थापक कन्हैयालाल केसरी,पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव दिपेन्द्र चाैहान,प्रेस युनियनका मधेस प्रदेश सदस्य अजय साह,मधेस प्रदेश परिषद सदस्य राहुल गुप्ता,जिल्ला उपाध्यक्ष क्रान्ति शाह,सहसचिव सन्जय गुप्ता,काेषाध्यक्ष कपिलदेव यादव, हुकुम सिंह, लालबाबु सिंह,नूर आलम लगायतकाकाे पनि सहभागीता थियाे।
त्यसअघि आइतबार नै स्थापना दिवसकाे उपलक्ष्यमा प्रेस युनियन पर्साले वीरगन्जकाे नारायणी अस्पतालमा दुई सय बिरामीहरुलाई फलफुल वितरण गरेकाे थियाे।

