Madhes Khabar
मधेस प्रदेश

मधेसमा ६४ वटा सडकको एकसाथ प्रधानमन्त्री ओलीले गरे शिलान्यास

तस्वीर : रासस

काठमाडौं,१८जेठःप्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको महत्वकांक्षी तथा ठूलो लगानीका ६४ वटा पक्की सडक योजनाको शिलान्यास गरेका छन् । जनकपुरमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले आइतबार आयोजना गरेको विशेष समाहरोमा प्रधानमन्त्री ओलीले डिजिटल प्रविधिमार्फत एकैपटक ६४ वटा सडकको शिलान्यास गरेका हुन् ।

भौतिक पूर्वाधार मन्त्रालयका अनुसार अब मधेस प्रदेशअन्तर्गत ८ जिल्लाका ६४ वटा प्रादेशिक निर्वाचन क्षेत्रमा ५ किलोमिटरका दरले ३ सय २० किलोमिटर लम्बाइको पक्की सडक निर्माण हुनेछ । ३ वर्षभित्र सम्पन्न गर्ने कालोपत्रसहितको पक्की सडक निर्माणका लागि १२ अर्ब ७० करोड रुपैयाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले स्रोत सुनिश्चित भई पूर्वाधार कार्यालयमार्फत ठेक्का प्रक्रिया सम्पन्न भइसकेको भन्दै अब सडक निर्माणको कामले तीव्रता पाउने बताए। निर्माण हुने सडकको चौडाइ साढे ५ देखि ७ मिटर हुनेछ । सडकसँगै प्रदेशका ६४ वटै निर्वाचन क्षेत्रमा १÷१ वटा पक्की पुल निर्माणका लागिपनि प्रक्रिया सुरू भइसकेको मन्त्रालयले जनाएको छ ।

यो योजनाले मधेस प्रदेशमा सडक पहुँच अभावमा रहेका गाउँलाई यातायात सञ्जालमा जोड्ने, व्यापार–व्यवसाय प्रवद्र्धन गर्ने र स्थानीय उत्पादनलाई बजारसम्म लैजान सहयोग प¥याउने मन्त्री यादवले बताए ।

Related posts

महोत्तरी– १ मा जनमत पार्टीको प्रदर्शन, मतगणना रोकियो

MadhesKhabar

मधेश प्रदेशमा प्रथम मधेश प्रदेश युवा महोत्सव आयोजना

MadhesKhabar

महोत्तरी १ : पूर्वमन्त्री पोखरेललाई हराउदै एमालेका महत्तो विजयी

MadhesKhabar

Leave a Comment