Madhes Khabar
स्थानिय

कलैयामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु

बारा,१८जेठःबाराको सदरमुकाम कलैयामा टिपरले ठक्कर दिएर किच्दा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यको घोडासहन घर र कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी ५ वर्षीया बालिका शीवानी गुप्ता रहेकी छन् ।

आइतबार दिउँसो २.३० बजेतिर कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडिको सडक पार गर्ने क्रममा ना १ क ८०५६ नम्बरको टिपरले शीवानीलाई ठक्कर दिएर किचेको थियो । गम्भीर घाइते शीवानीलाई उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रिपर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

 

Related posts

महानगरका ग्रामिण वडाको विकास मेरो प्राथमिकतामा छ : मेयर सिंह

MadhesKhabar

गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

MadhesKhabar

पर्सा १ र २ को मतगणना शुरु

MadhesKhabar

Leave a Comment