वीरगन्ज,१३जेठःवीरगन्ज र कलैयामा जारी मधेस क्रिकेट लिग सिजन–१ के उपाधिका लागि बारा र सप्तरी भिड्ने भएका छन् । मंगलबार भएका सेमिफाइनल खेलमा जित हात पार्दै बारा र सप्तरीले उपाधि भिडन्त पक्का गरेका हुन् ।
वीरगन्जको नारायणी क्रिकेट मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा सप्तरीले धनुषालाई ३ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।धनुषाले दिएको ९९ रनको सामान्य लक्ष्य सप्तरीले सप्तरीले १९ ओभर २ बलमा ७ विकेटको क्षतिमा पुरा गर्यो सप्तरीका लागि राहुल विकले सर्वाधिक ४८ रन बनाए । उनले ३१ ब्लमा अविजित ४८ रन बनाएका हुन् । बलिङ्तर्फ धनुषाका लागि अभिजीत यादव र रामरुप यादवले समान २/२ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनुषाले पुरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा ९८ रनमात्र बनाएको थियो । उसका लागि अखिलेश ठाकुरले विस्फोटक ब्याटिङ गर्दै केवल ९ बलमा २३ रन बनाए भने हिमांशु दत्तले २१ रन जोडे ।बलिङ्तर्फ सप्तरीका लागि नितेश यादवले ३ विकेट र पप्पु यादवले २ विकेट लिए ।
मंगलबार नै बाराकोे कलैयामा भएको दोस्रो सेमिफाइनल खेलमा बाराले रौतहटलाइ ४ विकेटले पराजित गर्दै सप्तरीसंगको उपाधि भिडन्त पक्का गरेको हो ।
रौतहटले दिएको १०२ रनको लक्ष्य बाराले १७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । उसका लागि सेराज हवारीले २४ र साहिल पटेलले २१ रन बनाए । बलिङ्तर्फ रौतहटका लागि आशीक बैठाले ३ तथा सन्नी साह,रैयान आलम र मोहन घिमिरेले समान १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रौतहले १६.२ ओभरमा अलआउट हुदैं १०१ रन मात्र बनाएको थियो । उसका लागि विजय गुप्ताले ३३ तथा अरविन्द चौधी र रैयान आलममले समान १६/१६ रन बनाए ।बलिङ्तर्फ बाराका लागि पवन सर्राफ एक्लैले ५ विकेट लिए ।
बारा र सप्तरीबीचको फाइनल खेल जेठ १५ गते वीरगन्जको नारायणी क्रिकेट मैदानमा हुने पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले जानकारी दिए ।

