Madhes Khabar
राष्ट्रिय

कामीरिता शेर्पा ३१ औं पटक सगरमाथाको चुचुरोमा

काठमाडौं,१३जेठ:कीर्तिमानी नेपाली पर्वतारोही कामी रीता शेर्पाले ३१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।

कामी रीताले आज (मंगलबार) बिहान ४ बजे उत्तरपूर्वी प्रान्तमा सगरमाथा (८८४८.८६ मिटर) को चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ।

सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन्। जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए।

२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीनयाममा सगरमाथा आरोहण गरेका थिए ।

Related posts

त्रिशूली नदी किनारमा गणपति डिलक्स बसबाट मानव अवशेष भेटियो

MadhesKhabar

विजय सरावगीको चुनावी प्रचार–प्रसार थप तिब्र – घरदैलो संगै रोड शो पनि

MadhesKhabar

चुनावको मिति घोषणा लगत्तै मतदाता नामावली संकलन स्थगित

MadhesKhabar

Leave a Comment