काठमाडौं,१३जेठ:कीर्तिमानी नेपाली पर्वतारोही कामी रीता शेर्पाले ३१ औं पटक सगरमाथाको सफल आरोहण गरेका छन्।
कामी रीताले आज (मंगलबार) बिहान ४ बजे उत्तरपूर्वी प्रान्तमा सगरमाथा (८८४८.८६ मिटर) को चुचुरोमा पाइला टेकेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ।
सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्सकै सिनियर गाइडका रूपमा कार्यरत छन्। जनवरी २, १९७० मा जन्मिएका उनले १९९२ देखि आरोहण सुरु गरेका थिए।
२०३९ सालमा १२ वर्षको उमेरदेखि हिमाल आरोहण क्षेत्रमा काम गर्दै आएका कामीरिताले पहिलो पटक २०५१ सालको वसन्तकालीनयाममा सगरमाथा आरोहण गरेका थिए ।

