Madhes Khabar
राष्ट्रिय

विजय सरावगीको चुनावी प्रचार–प्रसार थप तिब्र – घरदैलो संगै रोड शो पनि

मधेसखबर
वीरगन्ज , २४ बैशाख :
बैशाख ३० को निर्वाचन नजिकिदै जादा नेकपा एमालेले वीरगन्जमा चुनावी प्रचार प्रसार अभियानलाइ थप तिब्र पारेको छ ।
महाननगरको उपमेयरमा लोसपासंग चुनावी तालमेल गरेको एमालेले शनिबार बिहान मात्रै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ , वडा नमबर १० , वडा नम्बर ३० र ३१ मा रोड शो गर्दै चुनावी घरदैलो गरेको छ ।
एमालेका मेयर उम्मेदवार एंव निवर्तमान मेयर विजय कुमार सरावगी र लोसपाका उपमेयर उम्मेदवार पुरुषोत्तमलाल झाले जिल्ला स्तरका नेताहरुका साथ चार वटै वडामा शनिबार घरदैलो गरेका हुन् ।
घरदैलो कार्यक्रममा ती चार वटै वडामा एमालेका वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरु पनि सहभागी थिए ।


शनिबार बिहान चार वटै वडाको घरदैलो कार्यक्रम सकेपछि प्रतिक्रिया दिने क्रममा एमालेका मेयर उम्मेदवार सरावगीले चुनाव अब ६ दिन मात्र बाँकी रहेकाले घरदैलो कार्यक्रमलाइ तिब्र पारिएको बताए ।
महानगरका ३२ वटै वडामा यसअघि पनि आफु पुगेर मतदाताहरुसंग भेटेर उनिहरुको गुनासा सुनिसकेको बताउदै सरावगीले अहिले फेरि नेताहरुका साथ मतदाताका सामु पुगेर आफुहरुलाइ जिताउन अपिल गर्दै घरदैलो गरिरहेको बताए ।
विगतको नेतृत्वमा रहदा जनताको सुखदुखमा सदैव आफनो साथ रहेको र त्यहि मुल्यांकन गरेर नै अहिले पनि जनताले आफुलाइ अपार माया र साथ दर्शाइरहेको जिकिर उनले गरे ।


वीरगन्जको विकास र समृद्धि नै आफनो मूल मन्त्र रहेको भन्दै सरावगीले अब नेतृत्वममा पुग्दा पनि वीरगन्जवासीलाइ आफुले निराश नपार्ने प्रतिबद्धता जनाए ।
शनिबारको चुनावी घरदैलो कार्यक्रममा लोसपाका उपमेयरका उम्मेदवार पुरुषोत्तमलाल झा , एमालेका नेताहरु बसरुद्धिन अन्सारी , सुन्दर कुर्मी , बाबुराम कौशीक लगायतको पनि सहभागीता रहेको थियो ।

Related posts

२३ सदस्यीय मन्त्रिमण्डलमा कसको बरियता के ?

MadhesKhabar

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिद्वारा अस्वीकार

MadhesKhabar

पर्साका सुकुम्बासीको समस्या सामधानका लागि आयोग र पालिकाहरु बिच सम्झौता

MadhesKhabar

Leave a Comment