Madhes Khabar
राजनीति

पर्सामा समाजवादी प्रेस संगठन छाड्नेहरुको लर्को : केन्द्रीय सल्लाहकार साहलेपनि दिए राजिनामा

वीरगन्ज,१२जेठःमाधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवाद) निकट समाजवादी प्रेस संगठनमा विद्रोह भएको छ ।पार्टी र संगठन नेतृत्वको कार्यशैलीको विद्रोह गर्दै सोमबार संगठनका केन्द्रीय सल्लाहकार तथा निवर्तमान प्रचार विभाग सदस्य राघव साह सहित पर्सा जिल्लाका निवर्तमान अध्यक्ष आशमहम्मद मियाँसहितकाले साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका छन्।

यसअघि आइतबार संगठनका केन्द्रीय उपाध्यक्ष एवं मधेस प्रदेश इन्चार्ज सुभाष साहले पनि पदबाट राजीनामा दिएका थिए । सोमबार राजिनामा दिने अन्यमा संगठन पर्साका निवर्तमान उपाध्यक्ष दीपक कुशवाहा, निवर्तमान सचिव राम अनुप यादव, निवर्तमान सहसचिचव श्रीराम रौनियार र जय कुमार यादव, निवर्तमान कोषाध्यक्ष रामेश्वर चौरसिया, निवर्तमान सदस्यहरु अजय चौरसिया, दिपेन्द्र गिरी, रञ्जित चौरसिया, राकेश जायसवाल, वीरेन्द्र भट्टराई, रोशन कुमार, मयंक गुप्ता, अरुण कुमार, आकाश पटेल, राजकिशोर भगत, विनय कुमार मुखिया, सागर कुमार, दीपक चौरसिया, मुकेश कुमार चौरसिया, सन्नी कुमार, अकबर हवारी, रामाशंकर कुमार, जितेन्द्र कुमार लगायतका रहेका छन्।

संगठनभित्र हैकमवाद, चापलूसी र एकाधिकार शैली बढेको आरोप लगाउदै उनिहरुले राजिनमा दिएका हुन् । पर्सा जिल्लाको संगठनमा करिब दुई वर्षदेखि चल्दै आएको विवाद र गुटबन्दीलाई नेतृत्वले बेवास्ता गरेको तथा समस्या समाधान गर्नुको सट्टा थप बल्झाएको उनीहरूको आरोप छ।

Related posts

बारामा जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष साहमाथि पार्टीकै नेताले कालोमोसो छ्यापे

MadhesKhabar

रौतहटमा माओवादीका जनयुद्धकालीन नेताहरुले प्रचण्डको साथ छोडे

MadhesKhabar

पहाडबाट चुनाव जितेर देखाउने एक मधेसी युवाकाे अठाेट

MadhesKhabar

Leave a Comment