Madhes Khabar
समाचार

उपचारका लागि सिमराबाट जहाजमा काठमाडौं लैजाने क्रममा बिरामीको मृत्यु

फाइल तस्बिर ।

काठमाडौं,७जेठः रौतहटको फतुवा विजयपुर नगरपालिका–११ की ३९ वर्षीया राजकुमारी चौधरीको उपचारका लागि काठमाडौं लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।राजकुमारीका पति जंग बहादुर चौधरीले उपचारका लागि बाराको सिमरा विमानस्थलबाट जहाजमा थप उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार स्वास्थ्यमा समस्या देखिएकी राजकुमारी जहाजमै बेहोस भएकी थिइन् ।उपचारका लागि सिनामंगलको केएमसी अस्पताल पु¥याउँदा चिकित्सकले बाटोमै मृत भएको घोषणा गरेको बोहराले बताए ।

राजकुमारीको शव थप अनुसन्धानका लागि प्रहरीको टोलीले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ ।साभारः अनलाइनखबर

Related posts

बारामा २० केजी चरेस सहित तीन जना पक्राउ

MadhesKhabar

बाराको सुर्वण गाँउपालिकाका अध्यक्ष यादवले माफी माग्नुपर्छ : पत्रकार महासंघ

MadhesKhabar

ग्लोबल आइएमई लघुवित्तद्वारा छात्रवृति प्रदान

MadhesKhabar

Leave a Comment