Madhes Khabar
समाचार

बारामा २० केजी चरेस सहित तीन जना पक्राउ

तस्वीर : सौजन्य सशस्त्र प्रहरी

मधेसखबर
वीरगन्ज,२१ असोज : बाराबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागु औषध चरेस सहित तीन जनालाइ पक्राउ गरेको छ । भारतसंग सीमा जोडिएको बाराकाो बेनौली गाँउबाट सशस्त्र प्रहरीले लागूऔषध चरेस २० किलो सहित तीन जनालाइ पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १९ नगवा घर भएका ३० बर्षिय मुकेश श्रीवास्तव, वीरगन्ज २ छपकैया घर भएका १६ बर्षिय मुस्तफा देवान र बाराको महागढीमाई नगरपालिका १ घर भएका ३७ बर्षिय मुस्तान देवान रहेका छन् ।

 

बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनोली स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोष्टबाट शुक्रबार बिहान खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट चरेस बोकेर आउदै गरेका उनीहरुलाई पक्राउ गरेको हो ।

चरेस सहित पक्राउ परेका तीनै जनालाइ कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइने सशस्त्र प्रहरीका डिआइजी गणेश ठाडामगरले बताए ।

 

 

 

Related posts

समाजवादी किसान महासंघको उपमहासचिवमा पर्साका तबरेज अहमद

MadhesKhabar

मजदुर रिहाईको माग गर्दै बाराको सिडिओ कार्यालय अगाडि प्रदर्शन

MadhesKhabar

प्रजातन्त्र दिवस तीन दिन भव्यताका साथ मनाउने सरकारकाे निर्णय

MadhesKhabar

Leave a Comment