Madhes Khabar
कृषि

बजारमा बेच्न राखिएका हरियो धनियाँको पातमा भेटियो ९९ प्रतिशत विषादी

काठमाडौं,६जेठःबजारमा बेच्नका लागि हरियो धनियाँको पातमा ९९ प्रतिशत विषादी भेटिएको छ । काठमाडौंको कालीमाटी तरकारी बजारमा बेच्न राखिएको हरियो धनियाँको पातमा लगभग ९९.३७९ प्रतिशत विषादी भेटिएको हो ।काभ्रेपलाञ्चोकबाट बिक्रीका लागि कालीमाटी बजारमा मंगलबार ल्याइएको हरियो धनियाँको पातमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

केन्द्रीय कृषि प्रयोगशालाले मंगलबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।परीक्षण क्रममा हरियो धनियाँको पातमा उक्त मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोग अयोग्य रहेको जनाइएको छ ।

सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ ।यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।

Related posts

लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुचौपायाको मृत्यु

MadhesKhabar

सखुवा प्रसौनीमा किसानहरुलाई दिइयो तरकारी खेतीको एक हप्ते तालिम

MadhesKhabar

मधेसका उखु किसानले अझै पाएनन् सरकारी अनुदान रकम

MadhesKhabar

Leave a Comment