विन्दुभुषण साह
सिरहा, सप्तरी, धनुषा, बारा, पर्सा, रौतहटलगायत तराईका जिल्लाहरुमा सुरक्षा व्यवस्थापन सधैँ नै चुनौतिपुर्ण मानिन्छ । भारतसँग जोडिएको खुला सिमाना र यहाँका अन्य बहुआयामिक वस्तुस्थितीका कारण यी जिल्लाहरु कुनै समय अपराधिक किल्लाको रुपमा चिनिन्थ्यो ।कुनै समय गाँजाखेती–तस्करीदेखि लागुऔषध कारोवार त कुनै समय राजनितीक आवरणमा बग्रेल्ती चलमलाएका सशस्त्र भुमिगत आपराधिक समुहको हिंसात्मक आतंक । त्यसमाथि गाँउटोलमा हुने सानातिना तर विकराल प्रकृतीका झगडा अनि घरेलु तथा महिला हिंसा। तर, अहिले अवस्था फेरिएको छ। यी जिल्लाहरु अहिले पहिलेको तुलनामा निकै शान्त र सुरक्षित छन् । र यसको विशेष श्रेय नेपाल प्रहरीका पुर्व आईजीपि सर्वेन्द्र खनाललाई दिनु स्वभाविक छ । इन्सपेक्टरदेखि एसएसपी हुँदासम्म उनले तराईका जिल्लाहरुमा सुरक्षा व्यवस्था कायम गर्ने जिम्मेवारी पाए । नेपाल प्रहरीमा ‘संकटमोचक’ को पहिचान बनाएका उनले मुस्किल–मुस्किल समयमा जिम्मेवारीहरु वहन गरे। सफलता हासिल गरे।
सर्वेन्द्र खनालका प्रमुख योगदानहरू
१. भूमिगत सशस्त्र समूहको सफाया
समुदायको संरचनामा नै धावा बोल्नेगरी सामुदायिक साम्प्रदायिकता फैलाउनेदेखि, हत्या अपहरण, विस्फोट, चन्दा आतंक जस्ता अपराधिक गतिविधीमा संलग्न समुहहरु माथि ‘शुन्य सहनशिलता’को सिद्यान्त अपनाएर अघि बढेका उनले त्यस्ता अपराधिक समुहका सदस्यहरुमाथि ‘‘इटको जवाफ पत्थर’ पत्थरले दिए। फलस्वरुप आज तराईका जिल्लाहरु त्यस्ता अपराधिक समुहहरुको आतंकबाट मुक्त छन्।
२.सिमापार अपराध नियन्त्रण
खनालको भारतीय प्रहरीसँगको समन्वयले सीमापार अपराध नियन्त्रणमा ठूलो सफलता मिल्यो। कुख्यात अपराधी बब्लु दुवेको पक्राउ यसको प्रमुख उदाहरण हो। यो प्रयासलाई भारतीय सामाजिक संगठनहरूले प्रशंसा गरे, र नेपाल प्रहरीले भारतमा सम्मान प्राप्त ग¥यो, जुन समग्र मुलुककै गर्वको विषय बन्यो। उनलाई भारतिय दुतावासमार्फत नै बोलाएर भारतका सामाजिक संघ–सस्थाहरुले सम्मान गरेका थिए।
३. व्यापारी–व्यवसायीको मनोबल बढाउने कार्य
खनालको कार्यकालमा चन्दा आतंक, अपहरण र फिरौतीको डर घट्यो। व्यापारीहरूले सुरक्षित वातावरणमा व्यवसाय सञ्चालन गर्न थाले, जसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पा¥यो। यसले व्यापारिक समुदायमा मनोबल बढायो र आर्थिक गतिविधिलाई प्रोत्साहन ग¥यो।
४. मिटरब्याजीहरूमाथि कारबाही
मिटरब्याजीहरूविरुद्ध कडा कारबाही चलाएर खनालले हजारौं परिवारलाई ऋणको जालबाट मुक्त गराए। सयौं अवैध साहूहरूमाथि मुद्दा चलाइयो, जसले गरिब समुदायहरूमा सामाजिक न्याय स्थापित गर्न सहयोग पु¥यायो र उनीहरूको जीवनस्तर सुधारमा योगदान दियो।
५. सामाजिक अपराधविरुद्धको अभियान
घरेलु हिंसा, बालविवाह र दाइजोजस्ता सामाजिक कुरीतिविरुद्ध खनालले गाउँ–गाउँमा जनचेतना अभियान चलाए। कडा कारबाही र चेतनामूलक कार्यक्रममार्फत उनले सामाजिक सुधारमा महत्त्वपूर्ण भूमिका खेले, विशेषगरी पिछडिएका समुदायहरूमा।
६. पञ्चायती प्रथामा अंकुश
खनालले हत्या र बलात्कारजस्ता गम्भीर अपराधलाई पञ्चायती प्रथामार्फत मिलाउने चलनको अन्त्य गरे। यसले कानुनी शासनको बलियो आधार स्थापित ग¥यो र न्याय प्रणालीप्रति जनताको विश्वास बढायो।
७.संगठनभित्र मधेसीको वृत्तिविकास
नेपाल प्रहरीभित्र मधेसी समुदायका कर्मचारीहरूको वृत्तिविकास र समान अवसरका लागि खनालले विशेष जोड दिए। उनीहरूको पदोन्नति र समावेशिताले संगठनमा विश्वास बढायो र मधेसी समुदायसँग प्रहरीको सम्बन्ध सुदृढ भयो।
सर्वेन्द्र खनालको नेतृत्वमा तराईमा शान्ति, स्थायित्व र विश्वास पुनस्र्थापित भयो। उनको योगदानले यी जिल्लाहरूलाई त्रासको पर्यायबाट सुरक्षित क्षेत्रमा रूपान्तरित ग¥यो। स्थानीय समुदायले उनलाई ‘मधेशके बेटा’ भनेर सम्बोधन गर्छन। उनको भुमिकाको कदर गर्दै उनलाई नागरिक अभिनन्दन समेत गरियो। जहाँ उनलाई १ सय किलोको माला लगाएर नागरिक समाजले सम्मान गरेका थिए। खनालको कार्यकालले तराईको सुरक्षा व्यवस्थापनमा नयाँ युगको सुरुवात ग¥यो, जुन आज पनि प्रेरणादायी र प्रशंसनीय छ।