Madhes Khabar
विचार

जनताले भोट हाले नेताले चुनाव जिते तर बालबालिकाले भने किताब अझै पाएनन्

दिपक विश्वकर्मा
शिक्षालाइ मान्छेको तेस्रो आँखा भन्छन् तर चुनावका बेला मासुभात पेटल फुट्ने गरि खुवाउन सक्ने र नोटको बिटो बाड्ने नेताहरूले बालबालिकाको भविष्यका बारेमा कुनै पनि चिन्तन गरेको पाईएको छैन ।देशभरका ७५३ स्थानीय तहमा मतपत्र पुगि सकेर पनि नयाँ जनप्रतिनिधिहरू निर्वाचित भई आफ्नो आफ्नो पद पनि सम्हाली सके तर बालबालिकाले पढ्ने पाठ्यपुस्तक कहिले सम्म आउँछ सरकार भन्ने प्रश्न सबैले सोधिरहेका छन् ।्
नयाँ शैक्षिक सत्र सुरू भएपछि सबै बालबालिकाहरूको हातमा अहिले सम्म नयाँ पाठ्यपुस्तक पुग्नु पर्ने बेला होईन र ? बालबालिका भविष्यका कर्णधार हुन् कसैले पनि उनिहरुको भविष्संग खेलवाड गर्न मिल्दैन । जनक शिक्षा सामाग्री केन्द्रले हतार हतारमा पाठ्यपुस्तक छपाइ गर्दा कुनै किताबका पाना दोहोरिएका छन् , कुनै ठुला अक्षर भएका छन् ,कुनै मधुरो देखिएका छन् भने कुनै उल्टो छापिएका उदाहरणहरू हामीले नदेखेका हैनौ ।यो शैक्षिक सत्रमा मात्र हैन , हरेक पटक यस्तो समस्या झेल्दै आएका छन् अभिभावक र बालबालिकाहरू ।
देशका सबै विद्यालयहरूमा नयाँ शैक्षिकसत्रको पठनपाठन शुरु भइसकेको छन् तर सबै पाठ्यपुस्तक नपाएकाले बालबालिकालाई कसरी पढाउने भन्ने बारे पनि धेरै शिक्षकहरू पनि अलमलमा परेका छन् । पढाउन तयार भयको बेला हातमा पुस्तक नभएपछि कसरी पढाउने शिक्षकले पनि ? कोहि कोहिले मोबाइल वा अनलाईनबाट केही कुरा सिकाए पनि सबै विषयबस्तु अनलाईनबाट विद्यार्थीलाइ सिकाउन गाह्रो भइरहेको गुनासो शिक्षकहरुको छ । तराई मधेसमा उखरमाउलो गर्मीमा पाठ्यपुस्तकको अभावमै पढाउनु पर्छ शिक्षकहरुलाइ । महिना भरिको शुल्क असुल्ने तर पढाइ भने आधा पनि नहुने समस्या छ । जसका कारण कोरोनाले धरापमा परेको विश्वको शैक्षिक क्षेत्र नेपालमा पनि नपर्ला भन्न सकिँदैन । त्यसैले यस्तो अप्ठ्यारो परिस्थितिको सामना गर्नु पर्ने बेलामा किन पाठ्यपुस्तक छपाइमा झमेला गर्नु परेको होला ? । सरकारी स्तरबाट यो समस्याको समाधान समयमै निराकरण गर्नु पर्छ ।
यदि नेताहरूको आफ्नो फाईदाको लागि काम भइ दिएको भए अहिले सम्म सबै पाठशालाहरूमा पाठ्यपुस्तक पुगि सक्यो होला । तर नेताका छोराछोरी नीजी विद्यालयमा पढ्ने भएकाले सरकारी विद्यालयमा पढ्ने सर्वसाधरणका छोरछोरीको भविष्यसंग नेताहरुलाइ खासै मतलब नभएको हो ।सरकारी विद्यालयमा पठनपाठन राम्रा्संग नहुने भएका कारण कतिपय नागरिकले जसोतसो गरि आफना बालबालिकालाइ निजी विद्यालयमा पनि बढाउन बाध्य छन् । यदि सरकारले सरकारी विद्यालयमै गुणस्तरीय पठनपाठन हुने प्रबन्ध मिलाइ दिने हो भने सर्वसाधरणले आफना बालबालिकालाइ सरकारी विद्यालयमै पढाउथे ।
स्थानीय सरकारले पनि सरकारी विवद्यालय र त्यहा पढ्ने बालबालिकाको बारेमा समयमै ध्यान दिनु पर्छ । सुनौलो भविष्यको सपना झोलमा बोकेर दैनिक स्कुल धाउने बालबालिकाहरूको झोलामा किताब नै छैन भने कसरी आफ्नो सपना साकार पार्छन त उनिहरुले ? । अभिभावक हुन् ,नेता हुन् या सरकार कसैले पनि बालबालिकाकोे भविष्यमाथि खेलवाड गर्नु हुदैन । कुनै पनि काम समयमै गर्नु राम्रो हो नत्र हिडिरहेको बाटो अलमलमा परिन्छ । समय र युग परिवर्तन भईरहेको छ । दैनिक नयाँ नयाँ खोज अनुसन्धान भईरहेका छन् । त्यसैले नेपालमा पाठ्यपुस्तक बोकेर विद्यालय धाउने हैन कि विकसति प्रविधीबाट यहाका पनि बालबालिकाले पढ्न पाउने व्यवस्था मिलाउनु पर्छ । किताबका पाना मात्र घोकाएर केही हुदैन , सैद्धान्तिक र बैज्ञानिक रूपमा पठनपाठन कार्य सञ्चालन गरिनु पर्दछ । त्यसैलले अभिभावक र सरकारका निकायले यो कुरा बुझ्न जरूरी छ । सबै मिले यसको समाधानको उपाय निस्किन्छ पनि ।

Related posts

बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ ।

MadhesKhabar

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ द्वारा नारायणी अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण ।

MadhesKhabar

एटिएम तोडफोड गर्दै गरेको अवस्थामा पक्राउ ।

MadhesKhabar

Leave a Comment