वीरगन्ज,२जेठःनेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको ९ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रकम संकलन गरेको छ ।कार्यालयले गत वर्षमा जीवन बिमा शुल्कतर्फ भने १४ अर्ब एक करोड २८ लाख संकलन गरेको थियो ।
कार्यालयकी प्रमुख प्रीति देवले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म ९ महिनामा ८६ हजार ६७० ले जीवन बिमा गराएको बताइन् ।उनका अनुसार,मधेस प्रदेश कार्यालयले ९ महिनामा २ अर्ब ५४ करोड ६० लाख दाबी भुक्तानी गरेको छ । अझै ३९ करोड ६४ लाख दाबी भुक्तानी गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।
प्राधिकरणले जीवन बिमातर्फ सातवटै प्रदेशबाट चैत मसान्तसम्म १ खर्ब २७ अर्ब ३ करोड शुल्क संकलन भएको जनाएको छ ।

