
काठमाडौं,२जेठःकपिलवस्तुमा शुक्रबार बहिान कारको ठक्करबाट दुई जना महिलाको मृत्यु भएको छ । बिहान करिब पौने ६ बजे पत्थरकोट–गोरुसिङ्गे सडक खण्डमा बीएबी ९५९९ नम्बरको कारको ठक्करबाट अन्दाजी ६०वर्षीया शान्ता खत्री र तिलकुमारी रायमाझीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।
प्रहरी निरीक्षक शर्माका अनुसार कार चालक रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

