Madhes Khabar
लुम्बिनी प्रदेश

बागलुङमा बस दुर्घटना हुदाँ ७ जनाकाे घटनास्थलमै मृत्यु

बागलुङ,५चैत : बागलुङको निसीखोलामा सोमबार साँझ बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।२० जना भन्दा बढी घाइते भएका छन्। पश्चिम रुकुमबाट काठमाडौंका लागि हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटना भएको हो।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको हाे । गाडीमा ३२ जना यात्रु सवार थिए ।

दुर्घटनामा ७ जना यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक विकले जानकारी दिए। उनले दुर्घटनामा २०/२५ जना घाइते रहेको बताए। घाइतेहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाएको प्रहरी निरीक्षक विकले जानकारी दिए।उनका अनुसार मृतकहरुकाे पहिचान खुल्न सकेकाे छैन।

Related posts

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

दुई छाेरासहित गण्डक नहरमा हाम फालेकी प्रतिमासहित तीनै जनाकाे शव भेटियाे

MadhesKhabar

गृहमन्त्री खाँण हार्ने निश्चित

MadhesKhabar

Leave a Comment