Madhes Khabar
स्थानिय

पर्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

वीरगन्ज,३१बैशाखःपर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ५ मा नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटटन गरिएको छ । पूर्र्वउद्योग मन्त्री एंव नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालले नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वमन्त्री रिजालले विकास निर्माणका काममा सबै दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । आफ्नो गाँउठाँउको विकास भएमात्रै जनताले लोकतन्त्र र संघीयताको अनुभूती गर्न सक्ने उनले बताए ।

गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले आफनै भवनमा अब वडा कार्यालय सञ्चालनममा आएपछि सेवा प्रवाहमा कर्मचारीलाई सहज हुने र त्यसबाट सेवाग्राहीहरुपनि लाभान्वित हुने बताए ।अध्यक्ष यादवले पालिकाका जनताको सहजता र विकास निर्माणका काममा हरेक वडामा आफ्नो ध्यान रहेको उनले बताए ।

जिल्ला समन्वय समिति पर्सा र जगरनाथपुर गाँउपालिकाबाट गरी कूल १ करोड १० लाख रुपैयाँको लागतमा वडा कार्यालयको दुई तल्ले भवन निर्माण गरिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश यादवले जानकारी दिए ।

वडाध्यक्ष बिहारी महतो नुनियाको अध्यक्षता तथा पूर्वमन्त्री रिजालको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य शंकर चौधरी, गाँउपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादव, उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

पर्साकाे हुलाकी सडक दुर्घटना(अपडेट) : एक जनाकाे मृत्यु , अर्काे घाइते आइसियुमा

MadhesKhabar

वीरगन्जको मनरोड विस्तारको विरोधमा घरधनीहरु आन्दोलित,बजार बन्द गर्ने घोषणा

MadhesKhabar

छपकैयामा मदर्शा भवनकाे सांसद चाैरसियाले गरे शिलान्यास

MadhesKhabar

Leave a Comment