Madhes Khabar
स्थानिय

छपकैयामा मदर्शा भवनकाे सांसद चाैरसियाले गरे शिलान्यास

वीरगन्ज,१४बैशाख:वीरगन्ज महानगरपालिका वडा नम्बर ३ छपकैयामा रहेकाे मदर्शा बर्कतुलम उल्लुममा शुक्रबार भवनकाे शिलान्यास गरिएको छ।नेपाली कांग्रेसका नेता तथा पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य(सांसद) अजय चाैरसियाले भवनकाे शिलान्यास गरेका हुन् ।

शिलान्यास कार्यक्रममा बाेल्दै सांसद चाैरसियाले मधेस प्रदेश सरकारकाे ३० लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको मदर्शाकाे भवनमा बजेट अपुग भएमा आँफुले त्यसको ब्यवस्थापन गर्ने आश्वासन दिए।

शिलान्यास कार्यक्रममा प्रदेश सांसद श्याम पटेल, मुस्लिम संघका केन्द्रिय उपाध्यक्ष महम्मद सनहबुद्धिन, सचिव सतार मन्सुरी,कांग्रेसका महाधिवेशन प्रतिनिधि रामरुप प्रसाद कुर्मी,युवा नेता अनवर हुसेन लगायतकोपनि सहभागीता थियाे।

Related posts

वीरगन्जमा `युवा’ द्वारा सञ्चालित ‘यूथ एक्सेस’ परियोजनाको दातृ निकायद्वारा अनुगमन

MadhesKhabar

ठोरीमा खानेपानी मन्त्री कलवारको भाषण : ठोरीवासीका सबै समस्या मधेस सरकारले समाधान गर्छ

MadhesKhabar

वीरगन्जमा कल सेन्टर खोलेर विदेशमा समेत अनलाइन ठगीको धन्दा चलाउने चिनियाँ गिरोह पक्राउ

MadhesKhabar

Leave a Comment