वीरगन्ज,३१बैशाखःवीरगन्जको आदर्शनगर रंगशालामा वृक्षारोपण गरिएको छ । हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले रंगशाला प्रांगणभित्रको चारै किनारामा वृक्षारोपण गरिएको हो । वीरगन्ज महानगरपालिकाको नगर प्रहरीको आयोजनामा वृक्षारोपण गरिएको हो ।
बुधबार बिहान भएको वृक्षारोपण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई स्वच्छ, सफा र हरियाली शहर बनाउने अभियानलाई यो गतिविधिले थप टेवा पु¥याउने बताए । उनले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै नगरको सौन्दर्य वृद्धिमा योगदान पु¥याउने धारणा व्यक्त गरे ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वृक्षारोपण वातावरण संरक्षणको अभिन्न अंग भएको उल्लेख गर्दै नगरबासीलाई हरियाली अभियानमा सहभागी हुन आह्वान गरे ।
वृक्षारोपण कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुषाल, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्ध्यक्ष जयप्रकाश खेतान, भोला कलवार लगायतकाकोपनि उपस्थिति रहेको थियो।