Madhes Khabar
स्थानिय

आदर्शनगर रंगशालामा नगर प्रहरीद्वारा वृक्षारोपण

वीरगन्ज,३१बैशाखःवीरगन्जको आदर्शनगर रंगशालामा वृक्षारोपण गरिएको छ । हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले रंगशाला प्रांगणभित्रको चारै किनारामा वृक्षारोपण गरिएको हो । वीरगन्ज महानगरपालिकाको नगर प्रहरीको आयोजनामा वृक्षारोपण गरिएको हो ।

बुधबार बिहान भएको वृक्षारोपण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई स्वच्छ, सफा र हरियाली शहर बनाउने अभियानलाई यो गतिविधिले थप टेवा पु¥याउने बताए । उनले यस्ता कार्यक्रमले वातावरण संरक्षणसँगै नगरको सौन्दर्य वृद्धिमा योगदान पु¥याउने धारणा व्यक्त गरे ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले वृक्षारोपण वातावरण संरक्षणको अभिन्न अंग भएको उल्लेख गर्दै नगरबासीलाई हरियाली अभियानमा सहभागी हुन आह्वान गरे ।

वृक्षारोपण कार्यक्रममा नगर प्रहरी इन्चार्ज हरि भुषाल, ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्ध्यक्ष जयप्रकाश खेतान, भोला कलवार लगायतकाकोपनि उपस्थिति रहेको थियो।

 

Related posts

जगरनाथपुरको प्राथमिकतामा ‘वृक्षारोपण अभियान’ : फेरि १० बिघामा रोपियो १५ हजार बढी विरुवा

MadhesKhabar

पर्सामा फेरि सुरु भयो लागू औषध गाँजाको खेती

MadhesKhabar

प्रसौनी गाँउपालिकाको गाँउसभा विवादित , अध्यक्षले जबरजस्ति गरेको आरोप

MadhesKhabar

Leave a Comment