Madhes Khabar
स्थानिय

प्रसौनी गाँउपालिकाको गाँउसभा विवादित , अध्यक्षले जबरजस्ति गरेको आरोप

मधेसखबर
वीरगन्ज , २२ साउन : बाराको प्रसौनी गाँउपालिकामा शनिबार सम्पन्न भनिएको गाँउसभा अवैधानिक रहेको बहुमत जनप्रतिनिधीले आरोप लगाएका छन् ।
गाँउपालिकाका कुल ३९ सदस्य मध्ये २१ जना सदस्यले शनिबार गाँउपालिका अध्यक्षले जबरजस्ति सम्पन्न गराएको गाँउसभा अवैध रहेको बताएका हुन् ।
कुल ६ वटा वडा रहेको गाँउपालिकाका चार जना वडा अध्यक्ष , ती बाहेकका ६ जना कार्यपालिका सदस्य र ११ जना वडा सदस्यहरुले विज्ञप्ति जारी गर्दै शनिबार सम्पन्न भनिएको गाँउसभा बहुमत सदस्यले बहिष्कार गरेकाले अवैध रहेको दाबी गरेका हुन् ।

शनिबार गाँउपालिका अध्यक्ष विनोद जैसवारले आवश्यक कोरम समेत नपुरयाइ आफना आसेपासे र कर्मचारीहरुलाइ राखेर बलजफती गाँउसभा गरेको र आफुहरुले भने बहिष्कार गरेको उनिहरुले ज्ञिप्ति मार्फत जनाएका छन् ।
अवैध रुपमा गरिएको गाँउसभा खारेज गरि विधि र प्रकृया पुरयाएर पुन गाँउसभ ागर्न पनिन उनिहरुले माग गरेका छन् ।
न्यायोचित र समानुपातिक ढंगले बजेटको विनियोजन हुनु पर्ने , विषयगत समितिहरुको बैठक बस्नु पर्ने , ऐनमा छलफल गरेर संशोधन गर्नु पर्ने , प्रकृया पुरयाएर गाँउसभा गर्नु पर्ने आफुहरुको माग रहेको वडा नम्बर ६ का वडा अध्यक्ष बृजकिशोर कुशवाहाले जानकारी गराए ।

Related posts

वीरगन्जका विभिन्न वडामा निर्माणाधिन कालोपत्रे सडकको मेयर सिंहद्वारा निरीक्षण

MadhesKhabar

पेखरिया नगरपालिकाको बेथिती र अनियमितता रोक्न माग गर्दै मेयरलाई बुझाइयो ज्ञापनपत्र

MadhesKhabar

गीता मन्दिर, मुर्ली लगायतका स्थानमा लाग्ने अनाधिकृत बजार बन्द गर्न वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

Leave a Comment