Madhes Khabar
स्थानिय

पर्सामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

सांकेतिक तस्बिर ।

वीरगन्ज,२९पुष:पर्साकाे सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर ५ पटनीमा शनिबारराति भएकाे दुर्घटना हुदाँ एक जनाकाे मृत्यु भएकाे छ ।

पोखरीया नगरपालिका वडा नम्बर १० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साहको मृत्यु भएको हाे ।

सखुवा प्रसौनी गाउँपालिका-५ पटनिस्थित बाटोमा ना.१० प १५१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलको पोलमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका साहलाई उपचारको लागि पोखरीया अस्पतालतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको परिवारजनले बताएका छन् ।

दुर्घटनामा परेकाे मोटरसाइकलमा पन्नालालसहित ३ जना सवार रहेको र अन्य २ जना भने फरार रहेको प्रहरीले जनाएको छ ।

पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले भने साहकाे माेटरसाइकल दुर्घटनामा परि मृत्यु भएकाे परिवारजनले बताएपनि मृत्यु हुनुको यकिन कारण खुली नसकेको बताए ।शव पाेष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाईएकाे र पाेष्टमार्टम रिपोर्ट आएपछिमात्रै मृत्युको यकिन कारण खुल्ने उनले बताए।

फरार रहेका दुई जना व्यक्तिको खोजीपनि भइरहेको उनले बताए ।

Related posts

ठोरीमा पनि राष्ट्रिय भूमि आयोगको अभिमुखीकरण कार्यक्रम सम्पन्न

MadhesKhabar

अन्य ५ महानगर भन्दा वीरगन्ज महानगरको बजेट खर्च गर्ने क्षमता उत्साहजनक

MadhesKhabar

जगरनाथपुरमा विद्यालयको १ बिघा १० कठ्ठा जग्गा गराइयो अतिक्रमण मुक्त

MadhesKhabar

Leave a Comment