Madhes Khabar
शिक्षा हेडलाइन

पर्साकाे पटेर्वा सुगाैलीमा परीक्षा दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन

वीरगन्ज,२९बैशाख:पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ का एसईई र कक्षा १२ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि ३ महिने नि:शुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको छ।

 

पटेर्वा सुगाैली गाँउपालिकाकाे सहयाेग र व्यवस्थापनमा वडा नम्बर २ का एसईई र कक्षा १२ काे परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि ३ महिने आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको हाे।

 

वडा नम्बर २ स्थित रंगपुर माध्यमिक विद्यालायकाे कम्प्युटर कक्षामा साेमबारदेखि सञ्चालित तालिममा २५ जना छात्रछात्राहरुकाे सहभागीता रहेकाे वडाध्यक्ष विजय गैरेले जानकारी दिए।परीक्षा दिएर नतिजाकाे प्रतिक्षामा रहेका विद्यार्थीहरुकाे खाली समय सदुपयाेग गराउन र सिपमुलक शिक्षा प्रदान गर्ने उदेश्यले तीन महिने कम्प्युटर तालिम सञ्चालन गरिएको गाँउपालिका अध्यक्ष दिनेश चाैधरीले बताए ।

कम्प्युटर तालिममा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षक सुर्यभक्त कँडेलले तालिम दिइरहेकाे कार्यपालिका सदस्य सृजना विकले जानकारी दिइन् ।

Related posts

पर्सालाई `सुख्खाग्रस्त क्षेत्र´ घाेषणा गर्न सांसदसहितका जनप्रतिनिधिहरुले सरकारलाई गरे सिफारिस

MadhesKhabar

बारामा २५ लाख बढीको चाँदीका मुर्ती र गहनासहित दुई युवक पक्राउ

MadhesKhabar

आन्दोलनबाट फर्किएका शिक्षकहरुलाई ठोरीमा सम्मान

MadhesKhabar

Leave a Comment