Madhes Khabar
शिक्षा हेडलाइन

पर्साकाे पटेर्वा सुगाैलीमा परीक्षा दिएर बसेका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर तालिम सञ्चालन

वीरगन्ज,२९बैशाख:पर्साकाे पटेर्वा सुगाैली गाँउपालिका वडा नम्बर २ का एसईई र कक्षा १२ परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि ३ महिने नि:शुल्क कम्प्युटर तालिम सञ्चालन गरिएको छ।

 

पटेर्वा सुगाैली गाँउपालिकाकाे सहयाेग र व्यवस्थापनमा वडा नम्बर २ का एसईई र कक्षा १२ काे परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि ३ महिने आधारभूत कम्प्युटर तालिम सञ्चालन गरिएको हाे।

 

वडा नम्बर २ स्थित रंगपुर माध्यमिक विद्यालायकाे कम्प्युटर कक्षामा साेमबारदेखि सञ्चालित तालिममा २५ जना छात्रछात्राहरुकाे सहभागीता रहेकाे वडाध्यक्ष विजय गैरेले जानकारी दिए।परीक्षा दिएर नतिजाकाे प्रतिक्षामा रहेका विद्यार्थीहरुकाे खाली समय सदुपयाेग गराउन र सिपमुलक शिक्षा प्रदान गर्ने उदेश्यले तीन महिने कम्प्युटर तालिम सञ्चालन गरिएको गाँउपालिका अध्यक्ष दिनेश चाैधरीले बताए ।

कम्प्युटर तालिममा सहभागी विद्यार्थीहरुलाई प्रशिक्षक सुर्यभक्त कँडेलले तालिम दिइरहेकाे कार्यपालिका सदस्य सृजना विकले जानकारी दिइन् ।

Related posts

वीरगन्जका विभिन्न वडामा निर्माणाधिन कालोपत्रे सडकको मेयर सिंहद्वारा निरीक्षण

MadhesKhabar

पर्सा–बाराको गण्डक नहरमा भारतले फेरि दिन थाल्यो पानी

MadhesKhabar

पप्पु कन्ट्रक्सनका पुर्व सञ्चालक राैनियार जसपा छाडेर एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment