Madhes Khabar
अन्तर्राष्ट्रिय

भारतीय वायुसेनाले भन्यो : ‘अपरेशन सिन्दूर’ अझै जारी छ

काठमाडौं,२८बैशाखःभारतीय वायुसेनाले अपरेशन सिन्दूर जारी रहेको बताएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै भारतीय वायुसेनाले अपरेशन सिन्दूर सञ्चालन अझै पनि जारी रहेको उल्लेख गरेको हो।

वायुसेनाले लेखेको छ,‘भारतीय वायुसेनाले अपरेशन सिन्दूरमा तोकिएको कार्य सटीकता र व्यावसायिकताका साथ सफलतापूर्वक सम्पन्न ग¥यो। यो अपरेशन राष्ट्रिय उद्देश्यहरू अनुरूप सोचविचार र विवेकपूर्ण रूपमा सञ्चालन गरिएको थियो।’

भारतीय वायुसेनाले सबैलाई अनुमान र अप्रमाणित जानकारीको प्रसारबाट बच्न अनुरोध गरेको छ। कश्मीरको पहलगाम आक्रमणपछि भारतले मे ६ देखि ७ तारिखको मध्यरातमा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा हवाई आक्रमण गरेको थियो। त्यसपछि दुवै देशले एकअर्काको सैन्य अड्डाहरूमा आक्रमण गरेका थिए।गत शनिबार साँझ भारत र पाकिस्तानले दुई देशबीच युद्धविरामको घोषणा गरेका छन्।

Related posts

आयो अचम्मको खबर : उपचारपछि बलिउड अभिनेता धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज

MadhesKhabar

दिल्लीका मुख्यमन्त्री केजरीवालद्वारा राजिनामा दिने घोषणा

MadhesKhabar

भारतकाे उत्तराखण्डमा सवारी दुर्घटनामा परि ४ नेपालीकाे मृत्यु

MadhesKhabar

Leave a Comment