Madhes Khabar
कृषि

वीरगन्ज कृषि औजार कारखानामा नेपालमै पहिलो पटक दुई वटा नयाँ मेशिनको आविष्कार

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

वीरगन्ज,२८ बैशाखःवीरगन्ज कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै पहिलो पटक फिस इन्क्युवेटर र अक्सिजन एरिएसन मिक्सिङ टावर आविष्कार गरेको छ ।

फिस इन्क्युवेटरले माछाको अण्डाबाट भुरा उत्पादन गर्ने र अक्सिजन एरिएसन मिक्सिङ टावरले पानी र हावालाई आपसमा मिलाउने काम गर्छ ।आविष्कार केन्द्र वीरगन्जका प्रमुख इन्जिनियर रितेश देवले यी मेशिन नेपालमै पहिलो पटक आविष्कार गरिएको दाबी गरे ।

‘नेपालमा अहिलेसम्म यी मेशिन आविष्कार भएको थिएन । यहाँ खरिद गर्न पनि पाइँदैन,’ उनले भने, ‘माछा पालक किसानले सोझै भारत वा चीनबाट आयात गर्नुपर्ने अवस्था छ ।’ स्वदेशमै यी मेशिन उत्पादन हुन थालेपछि माछा पालक किसानले लाभ लिनसक्ने उनको भनाइ छ ।

केन्द्रले आविष्कार गरेका २ वटै मेशिन लुथरन वल्र्ड रिलिफ नेपाल संस्थाले करिब २ साता अघि आफ्नो मत्स्य परियोजना कार्यक्रम अन्तर्गत बाराको दोदरपाका एक किसानलाई हस्तान्तरण गरिसकेको इन्जिनियर देवले बताए । ‘लुथरनले केन्द्रलाई १६÷१६ वटा गरी ३२ वटा यी मेशिन उत्पादनको अर्डर दिएको छ,’ उनले भने, ‘अन्य मत्स्य पालक किसानले खरिद गर्न चाहे केन्द्रले उत्पादन गरेर बिक्री गर्ने छ ।’

फिस इन्क्युवेटर मेशिनको मूल्य १ लाख १० हजार र अक्सिजन एरिएसन मिक्सिङ टावरको मूल्य ४० हजार रुपैयाँ रहेको उनले बताए । लुथरनले आफ्नो परियोजना अन्तर्गत बाराको सिमरामा कार्यालय स्थापना गरी नेपालमा माछा पालक किसानलाई नयाँ प्रविधिसँग परिचित गराउने र ती प्रविधिलाई स्थापित गराउने प्रयास गरिरहेको छ ।

भारत वा तेश्रो मुलुकबाट यी उपकरण आयात गर्दा लागत बढी हुने, कर बढी लाग्ने र ढुवानी लागत पनि लाग्ने हुँदा किसानलाई स्वदेशमै उत्पादित उपकरण सस्तो र ढुवानी पनि सहज हुने इन्जिनियर देव दाबी गर्छन् । केन्द्रले यी उपकरण स्टेनलिश स्टिल, फलाम, पाइप आदि प्रयोग गरेर उत्पादन गरेको हो ।

फिस इन्क्युवेटर उपकरणको तौल ५० देखि ५५ किलो र अक्सिजन एरिएसन मिक्सिङ टावरको तौल ३० देखि ३५ किलो रहेको छ । यी उपकरण किसानले ट्यांकीमा जडान गरेर वा मोटरले पनि चलाउन सकिने उनले बताए । केन्द्रले एक दिनमा यी मेशिन दुई वटा उत्पादन गर्न सक्छ ।शंकर आचार्य/कान्तिपुर

Related posts

सखुवा प्रसौनीमा किसानहरुलाई दिइयो तरकारी खेतीको एक हप्ते तालिम

MadhesKhabar

पर्साको गादीका पशुपालक किसानहरुलाई प्रोत्साहित गर्न विजुलीले चल्ने लेदी काट्ने मेसिन वितरण

MadhesKhabar

आशा जगाउँदै वीरगन्ज कृषि औजार कारखाना

MadhesKhabar

Leave a Comment