Madhes Khabar
समाचार

पर्सा जिल्ला अदालतमा न्यायकी देवीको मुर्ति अनावरण गरेर मनाइयो कानुन दिवस

वीरगन्ज,२६बैशाखः पर्सा जिल्ला अदालतलेपनि शुक्रबार विशेष कार्यक्रम आयोजना गरेर कानुन दिवस मनाएको छ।कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा अदालत परिसरमा न्यायकी देवीको मुर्ति (स्टेच्यु अफ लेडी जस्टिस्) अनावरण गरिएको छ ।

पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश दीपक खनालले न्यायकी देवीको मुर्ति अनावरण गर्दै कानुनप्रति श्रद्धा र न्यायप्रणालीप्रतिको विश्वास अझ प्रगाढ बनाउने दायित्वको स्मरण गराए। उनले निष्पक्ष, पारदर्शी र प्रभावकारी न्याय प्रदान गर्न अदालत प्रतिबद्ध रहेको उल्लेख गरे।

कार्यक्रममा अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले जनताको मौलिक हकको संरक्षण, कानुनी चेतना अभिवृद्धि, न्यायमा पहुँच तथा पारदर्शिताको महत्वबारे चर्चा गरे। उनले कानुन दिवसलाई कानुनी अभ्यास, सुधार र जनसहभागिताको माध्यमका रूपमा लिइनुपर्ने बताए।

कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष कमलमोहन पोख्रेल, वीरगन्ज स्कुल अफ ल का अध्यक्ष चन्द्रिका प्रसाद पटेल, अधिवक्ता लगायतकाको सहभागिता थियो।

Related posts

कानुन व्यवसायीलाई लाइसेन्स दिन मापदण्ड बनाउने कुरा सही छ : मन्त्री चौरसिया

MadhesKhabar

बसमा गाँजा लिएर वीरगन्ज आउँदै गरेका मकवानपुरका दुई महिला पक्राउ

MadhesKhabar

भारतमा अब नेपाली कागजातकाे आधारमा भारतीय सिमकार्ड पाइने

MadhesKhabar

Leave a Comment