Madhes Khabar
समाचार

बसमा गाँजा लिएर वीरगन्ज आउँदै गरेका मकवानपुरका दुई महिला पक्राउ

वीरगन्ज,२३बैशाखः वीरगन्जमा लागू औषध गाँजासहित मकवानपुरका दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाँउपालिका वडा नम्बर २ की ४२ बर्षिया ईन्द्र कुमारी चेपाङ र त्यही ठाँउकी ४२ बर्षिया फुलमाया स्याङ्बो रहेका छन् । उनिहरुको साथबाट १० किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार, नारायणगढबाट वीरगन्ज आउँदै गरेको ना ४ ख ५९३७ नम्बरको यात्रुवाहक बस प्रहरीले वीरगन्ज–२१ गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त बसेको पछाडीको सिटमा बसेका ईन्द्र र फुलामायाको साथमा रहेको कालो रंङको २ वटा झोलाबाट १० केजी गाँजा बरामद गरिएको थापाले बताए ।

गाँजासहित पक्राउ परेका दुवै महिलालाई प्रहरी हिरासतमा राखेर उनिहरुविरुद्ध लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैइरहेको थापाले जानकारी दिए ।

Related posts

मकवानपुरमा रात्रि बस दुर्घटना, २ को मृत्यु

MadhesKhabar

भारतकाे कीट युनिभर्सिटीमा फेरि अर्काे नेपाली छात्रा मृत भेटिइन् : मृतक वीरगन्जकी प्रिशा साह

MadhesKhabar

पूर्वसभामुख महरालाई बलात्कार आरोपमा जेल पुर्‍याउने रोशनी शाही मृत भेटिइन्

MadhesKhabar

Leave a Comment