Madhes Khabar
समाचार

भारतीय राजदूतसंगको भेटमा प्रधानमन्त्री ओलीले गरे आतंकवादी आक्रमणको भत्सर्ना

काठमाडौं,२६बैशाखः प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शुक्रबार भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उनीहरूबीच पहलगाम घटना र अहिले जारी भारत–पाकिस्तानको तनावका विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।

राजदूत श्रीवास्तवले आतंकवादविरुद्ध भारत सरकारले चालेको कदमका विषमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरेका थिए।

राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर आतंकवादविरुद्ध नेपालले भारतको बलियो समर्थन जनाएको थियो।

भेटमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरेको बताए। उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए।साभारःअन्नपूर्णपोष्ट

Related posts

विजयबस्तिमा सशस्त्र प्रहरीकाे नवनिर्मित भवनकाे उद्घाटन

MadhesKhabar

लागुऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

MadhesKhabar

अन्तर्राष्ट्रिय नारी दिवसमा महिला इ–रिक्सा चालक र सरसफाईकर्मी सम्मानित

MadhesKhabar

Leave a Comment