वीरगन्ज,१९बैशाख:एक युवतीलाई भारतमा बेचबिखन गर्ने उदेश्यले लिएर जाँदै गरेका एक युवक वीरगन्ज नाकाबाट पक्राउ परेका छन्।पक्राउ पर्नेमा सिन्धुपाल्चोककाे चाैतारा साँगढी नगरपालिका वडा नम्बर १ का २९ वर्षीय सुजन लामा भन्ने पासाङ तामाङ रहेका छन्।
प्रहरीका अनुसार,ती युवतीसंगै भारततर्फ जाँदै गरेका तामाङ र युवतीलाई वीरगन्जको शंकराचार्य गेटमा प्रहरीले शंका लागेर प्रहरी चाैकी इनर्वामा लगेर साेधपुछ गरेको थियाे ।त्यसक्रममा तामाङले ती युवतीलाई वीरगन्ज नजिककाे कपडा उद्योगमा जागिर लगाइदिने प्रलाेभन दिएकाे तर भारतमा बेचबिखन गर्ने उदेश्यले लिएर जाँदै गरेकाे रहस्य खुलेपछि तामाङलाई नियन्त्रणमा लिइएको र युवतीकाे उद्दार गरिएको प्रहरी नायब उपरीक्षक सुवास भट्टले जानकारी दिए।
नियन्त्रणमा लिइएका तामाङलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनकाे अनुमति लिइएको उनले बताए ।

