Madhes Khabar
पर्यटन

ठोरीमा स्विमिङपुल सहितको अत्याधुनिक होटल सञ्चालनमा आउँदै

वीरगन्ज,१६बैशाखःपर्साको ठोरी गाँउपालिका वडा नम्बर ५ सुवर्णपुरको मकरडाडामा स्विमिङपुल सहितको आधुनिक होटल सञ्चालनमा आउने भएको छ । युवा व्यवसायी विक्रम बोम्जनको लगानीमा निर्माणाधीन ओमबी सुवर्णपुर स्विमिङपुल एन्ड होटल यही बैशाख १९ गते शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउने बताइएको छ ।

उक्त होटलमा स्विमिङपुल, बार, रमणीय दृश्यसहितको रेस्टुरेन्ट, विशेष अवसरमा गीत–संगीतलगायतका मनोरञ्जनात्मक सुविधाहरू उपलब्ध हुनेछन् ।सर्वसुलभ शुल्कमा विलासी अनुभव प्रदान गर्ने लक्ष्य रहेको होटलका सञ्चालक बोम्जनले बताए ।
बोम्जनका अनुसार, होटल नजिकैका क्षेत्रमा विभिन्न पर्यटकीय गन्तव्यहरू अवस्थित छन् । पर्सा राष्ट्रिय निकुञ्जमा जिप र हात्ती सफारी प्रमुख आकर्षण हुन् । आरामदायी बसाइ, वन्यजन्तु अवलोकन र मनोरञ्जनात्मक गतिविधिका लागि होटल उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको बोम्जनले बताए।

सञ्चालनमा आउन लागेको उक्त होटलको ५ किलोमिटर पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, दक्षिण–पश्चिम भारतमा वाल्मीकि टाइगर रिजर्भ र १ किलोमिटर उत्तरमा पर्सा राष्ट्रिय निकुञ्जको गडुवा पोस्ट रहेको छ। उक्त क्षेत्र चारकोशे झाडीको नामले प्रसिद्ध छ, जहाँ हात्ती, बाघ र नेपालमा मात्र पाइने दुर्लभ चराहरू अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सौन्दर्य, वन्यजन्तु अवलोकन र आधुनिक सुविधायुक्त होटलको सञ्चालनले ठोरी क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा थप आकर्षक बन्ने विश्वास गरिएको छ । सञ्चालक बोम्जनले भने, “हामी पर्यटकलाई किफायती मूल्यमा उत्कृष्ट अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ ।“ यो होटलले स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।साभार : नयाँ ठोरी

Related posts

जनवरी महिनामा ९२ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

MadhesKhabar

निजगढ विमानस्थल निर्माणको लागि चारकिल्ला तोक्ने र डिपिआर बनाउने प्रकृया अगाडि बढ्यो

MadhesKhabar

ठाेरीका हाेमस्टेमा विदेशी पर्यटकहरु पनि आउन थाले

MadhesKhabar

Leave a Comment