सुनसरी,१६बैशाखःसुनसरीको सुनसरीगढी गाउँपालिका वडा नम्बर ५ का किसानले एक सिजनमै लौका खेतीबाट ४ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् ।किसान अनुरुप उराँवले यसपालि ७ कठ्ठा जग्गामा लौका खेती गरेर एकै सिजनमा चार लाख रुपैयाँसम्म आम्दानी गरेको बताएका छन् ।
वार्षिक २० हजार रुपैयाँमा गाँउकै एक व्याक्तिको ७ कठ्ठा जग्गा भाडामा लिएर लौका खेती गरेका उराँवले उक्त ७ कठ्ठा जग्गामा ५ सय लहरा लौका रोपेको बताए । त्यसमा ५० हजार रुपैयाँ खर्च लागेको भन्दै उराँवले भने,‘ बीउ, खादमल, सिंचाइ, मजदुरी सबै गरेर मेरो खर्च ५० हजार रुपैयाँ भयो । त्यसबाट करिब मैले ४ लाखको लौका फलाएर बेचिसके ।
फलेको लौका सुरुमा प्रतिगोटा ८० रुपैयाँमा बिक्री गरेकामा अहिले २० देखि २५ रुपैयाँमा बिक्री हुँदा पनि ४ लाख रुपैयाँ आम्दानी भएको उनको भनाइ छ ।

