Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज : मनोज ग्यासको सिलबन्दी सिलिण्डरमै भेटियो ४ किलो कम ग्यास

वीरगन्ज,१४बैशाखःवीरगन्ज–२१ परवानीपुरस्थित मनोज ग्यास उद्योग प्रा.लि.बाट उत्पादित मनोज ग्यासको सिलबन्दी एक सिलिन्डरमै ४ किलो तौल कम ग्यास रहेको भेटिएको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर ९ रानीघाटस्थित मनोज ग्यासका डिलर (अधिकृत बिक्रेता) विनयलाल साहको पसलबाट स्थानीय होटल व्यवसायी नगीना साहले शनिबार खरिद गरेको मनोज ग्यासको सिलिन्डरमा ग्यास तौल कम भएको पाइएको हो।

रानीघाटमा होटल व्यवसाय गर्दै आएका नगीना साहले भने,‘ म वर्षौंदेखि मनोज ग्यासको ग्राहक हुँ । तर, पछिल्लो केही महिना यता आँफुले प्रयोग गर्दै आएको ग्यास सिलिन्डर समयभन्दा पहिले नै सकिन थालेपछि शंका लागेर हिजो (शनिबार) खरिद गरेको सिलिन्डरको तौल जाँच्दा ४ किलो ग्यास कम भएको पत्ता लाग्यो।’यसबारेमा आँफुले ग्यास किनेको रानीघाटका डिलर गेनालाल साहलाई जानकारी गराइसकेको उनले बताए।

मनोज ग्यासका डिलरको रूपमा १५ वर्षदेखि काम गर्दै विनयलाल साहले भने सिलिन्डरमा सिल बन्द भएको र त्यसमा कुनै हेरफेर नभएको दाबी गरे। उनले गत हप्ता ४० थान सिलिन्डर मगाएको र तीमध्ये कम तौल भएको सिलिन्डर पनि परेको बताए। उनले भने,‘ तौल कसरी कम भयो भन्ने विषयमा कम्पनीले नै जवाफ दिनुपर्छ । उनले आफ्नो तर्फबाट कुनै बदमासी नभएको जिकिर गरे।

मनोज ग्यास प्रालिका सञ्चालक मनोज दासले सिलबन्दी सिलिण्डरमै तौल कम भएको भेटिनु शंकास्पद रहेको बताए । मिडियामा समाचार आएपछि त्यसबारे सत्यतथ्य बुझ्न आँफुले एक जना प्रतिधिनी रानीघाटको डिलरमा पठाएको उनले बताए । दासले भने,‘ त्यो खबर सुनेर म आँफै चकिमत भएको छु ।सिलण्डरमा प्लाष्टिकको सिल लगाएपछि तलमाथि गर्न सम्भव नै छैन । तैपनि मैले आफ्नो प्रतिनिधी रानीघाटको डिलरकोमा पठाएको छु । त्यहाँबाट के रिपोर्ट आउँछ ? हेरेर थप कदम अगाडि चाल्छु । ’

 

Related posts

वीरगन्जमा फेरि सुक्न थाले चापाकल, पानीको समस्या पोहोरको भन्दापनि विकराल हुने आकलन

MadhesKhabar

पर्सा जिल्ला अदालतमा ५ वर्ष यताकै सबैभन्दा बढी मुद्दा फर्छ्योट

MadhesKhabar

चितवनमा शुरु भएकाे छैन मतगणना , मिथ्या सुचना प्रवाह नगर्न निर्वाचन आयाेगकाे आग्रह

MadhesKhabar

Leave a Comment