
वीरगन्ज,१४बैशाखःपर्साको पोखरिया नगरपालिकामा आज (आइतबार) सार्वजनिक विदा दिइएको छ । पोखरिया नगरपालिका वडा नम्बर २ की महिला वडा सदस्य उर्मिला देवी गिरीको निधनको शोकमा पोखरिया नगरपालिकाले आज सार्वजनिक विदा दिएको हो ।
वडा सदस्य गिरीको उपचारका क्रममा शनिबार अल्पायुमै निधन भएको थियो । उनको निधनको शोकमा शनिबार पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले एक शोक विज्ञप्ति जारी गर्दै दुखको यस घडीमा आज पोखरिया नगरपालिका र मातहतका सबै वडा कार्यालय,सेवा केन्द्र तथा ईकाइहरुमा आज सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएका छन् ।


