वीरगन्ज,१३बैशाखःवीरगन्जमा रहेको व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले एच.ए.(हेल्थ एसिस्टेन्ट) लाईसेन्सको परीक्षामा सफल भएका छात्राहरुलाई सम्मानित गरेको छ ।नेपाल स्वास्थ्य व्यवसायी परिषदबाट स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तहको १३ औं नाम दर्ता प्रमाणपत्र परीक्षा गत बैशाख ९ गते देखी ११ गते सम्म सञ्चालन भएको थियो ।
प्रमाणपत्र तहको १३ औं नाम दर्ता प्रमाणपत्र परीक्षामा व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनबाट सहभागी सबै छात्राहरु उत्तिर्ण भएका हुन् । एच.ए. लाईसेन्समा उत्तिर्ण भएका छात्राहरु आस्था साह, राज नन्दनी जैसवाल, अन्नु यादव, पुष्पा कुमारी ठाकुर र मिन्चु पटेललाई व्रिलिएन्ट एकेडमी अफ मेडिकल एजुकेशनले शनिबार सम्मानित गरेको हो ।
कार्यक्रममा एजुकेशनका सञ्चालक डा.अनुपम उपाध्यायले उत्तिर्ण छात्राहरुको उज्वल भविषयको कामनसहित बधाई तथा शुभकामनापनि दिए ।

