Madhes Khabar
समाज

लोकतन्त्र दिवसको उपलक्ष्यमा वीरगन्ज–१० मा आयोजित कार्यक्रममा ५२ जनाले गरे रक्तदान

वीरगन्ज,११बैशाखःलोकतन्त्र दिवसको उपलक्ष्यमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० मा बिहीबार आयोजित रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् ।

घडिअर्वा स्पोट्र्स क्लब, वीरगन्ज भेट्रान्स सिटी क्लब, मनीला फाउन्डेसन र आस्था नेपालको सह–आयोजनामा वडा नम्बर १० को कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिलासहित ५२ जनाले रक्तदान गरेका हुन् ।

रक्तदान गर्नेहरुमा वडाध्यक्ष सुशील कुमार कानु, डा. उमेश कुशवाहा, प्रभाकर गुप्ता,उमाशंकर साह, नरेश शर्मा, आदित्य कुमार साह, सन्तोष जैशी, राजेश सिंह, लखनलाल गुप्ता,सन्तोष मरहठ्ठा,सरोज कान्,मनोज कानु,साहिल गुप्ता,कुशल साह,जितेन्द्र सिंह,जुबेर हुसेन,गुड्डु हुसेन,वीर बहादुर चौधरी,कन्हाई यादव,मन्दिप ठकुरी लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक जितेन्द्र कुशवाहाले जानकारी दिए ।

व्डाध्यक्ष कानुको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल, मन्त्री विनोद गिरी, घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानु, भेट्रान्स सिटी क्लबका सागर राणा, वडा सदस्यहरु सन्तोष जैशी,प्रभु महतो, मिश्रादेवी नगरकोटी र प्रेमशीला देवी , वडा कार्यालयका सचिव पवन प्रधान,शम्भु साह कानु, शीवरनारायण साह लगायतकाकोपनि सहभागीता थियो ।

Related posts

मधेसका पढेलेखेका दलित युवाहरुको वेदना : जागीर खोज्दा पाइदैन,पुख्यौली पेशापनि संकटमा पर्दैछ

MadhesKhabar

वीरगन्जका दुई छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा ९१ जनाले गरे रक्तदान

MadhesKhabar

वीरगन्जको ब्लड बैंकमा सफ्टवेयर र मोबाइल एप सञ्चालन

MadhesKhabar

Leave a Comment