Madhes Khabar
स्थानिय

पर्साको पाँडेपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

वीरगन्ज,८बैशाखःपर्सामा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय बिहारी राम रहेको प्रहरीले जनाएको छ ।

जगरनाथपुर गाउँपालिका–२ पाँडेपुरस्थित सडकमा सोमबार बिहान ग ५ प ८३१ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा उक्त मोटरसाइकलमा पछाडि सवार रामको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् । उनको एलएस न्यूरो अस्पतालमै उपचार भइरहेको छ ।

Related posts

५१ हजार राशीकाे गाेपाल गिरी पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार श्रेष्ठलाई प्रदान

MadhesKhabar

पथलैयाबाट तस्करीको डेढ करोडको सामानसहित दुई वटा ट्रक पक्राउ

MadhesKhabar

वीरगन्जमा गरिएको वृक्षारोपण बारेको समाचारप्रति महानगरको ध्यानाकर्षण

MadhesKhabar

Leave a Comment