Madhes Khabar
स्थानिय

पर्साको पाँडेपुरमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

वीरगन्ज,८बैशाखःपर्सामा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका वडा नम्बर २ का ३० वर्षीय बिहारी राम रहेको प्रहरीले जनाएको छ ।

जगरनाथपुर गाउँपालिका–२ पाँडेपुरस्थित सडकमा सोमबार बिहान ग ५ प ८३१ नम्बरको मोटरसाइकल आँफै अनियन्त्रित भई दुर्घटना हुँदा उक्त मोटरसाइकलमा पछाडि सवार रामको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् । उनको एलएस न्यूरो अस्पतालमै उपचार भइरहेको छ ।

Related posts

बारा-पर्साका स्थानीय तहले लगाएकाे दाेहाेराे कर हटाउन उद्योग मन्त्री रिजालकाे निर्देशन

MadhesKhabar

वीरगन्जको यातायात कार्यालयमा कर्मचारीको दादागिरी : सरुवा भएको कार्यालयमा जान मान्दैनन्

MadhesKhabar

सिम्राैनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

Leave a Comment