Madhes Khabar
स्थानिय

बाराकाे फेटास्थित चण्डी माई मेला समितिलाई गम्हरिया फाउन्डेसनद्वारा ५० थान टिसर्ट सहयोग

बारा, ६ वैशाख:बाराकाे फेटा गाउँपालिकाको सामाजिक संस्था ‘गम्हरिया फाउन्डेसन’ले श्री चण्डी माई मेला समितिलाई ५० थान टिसर्ट हस्तान्तरण गरी मेलाको व्यवस्थापनमा सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष दीपक साहका अनुसार गम्हरिया फाउन्डेसन जनआस्था र मानव कल्याणसँग सरोकार राख्ने सामाजिक कार्यहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ ।

मेलामा हुने अव्यवस्था न्यूनीकरण र सुरक्षामा सहजता ल्याउने उद्देश्यले स्वयंसेवकहरूलाई एउटै पोसाकमार्फत परिचालन गरिएको फाउन्डेसनले जनाएको छ ।

मेलामा टिसर्ट हस्तान्तरण गर्दै संस्थाका सचिव अभय कुमार तिवारीले स्थानीय मेलाको गरिमा अझ बढाउन र व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग स्वरूप उक्त सामग्री प्रदान गरिएको विश्वास व्यक्त गरे ।

मेला समितिका अध्यक्ष राज किशोर साहले गम्हरिया फाउन्डेसनप्रति आभार व्यक्त गर्दै मेलामा सुरक्षा र अनुशासन कायम गर्न स्वयंसेवकहरूको एउटै पोसाकले जनमानसमा भरोसा जगाउने विश्वास व्यक्त गरे । साथै मेलाको दीर्घकालीन सफलताको कामना गर्दै संस्थाको सामाजिक योगदानलाई सबैले सराहना गरेको उनले बताए ।

प्रत्येक वर्ष सञ्चालन हुँदै आएको श्री चण्डी माई मेलामा गम्हरिया फाउन्डेसनले गरेको सहयोगले पालिकाको सामाजिक सम्मान र मेलाको व्यवस्थापनमा सकारात्मक प्रभाव पर्ने मेला समितिले उल्लेख गरेको छ ।

संस्थाले भविष्यमा पनि यस्ता परोपकारी कामहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

Related posts

मेयर सिंहको पहलमा मितेरी पुल र भन्सार क्षेत्रको सडक मर्मतको काम शुरु

MadhesKhabar

नवनिर्वाचित प्रदेशसभा सदस्य सोनल अस्पतालमा भर्ना

MadhesKhabar

अवैध उत्खनन रोक्न जिससको भूमीका अझ प्रभावकारी हुनुपर्छ : पूर्वमन्त्री यादव

MadhesKhabar

Leave a Comment