Madhes Khabar
स्थानिय हेडलाइन

पर्साको जमुनिया खोलामा गिट्टी–बालुवाको उत्खनन् मा रोक लगाइएपनि तस्करी भने जारी

फाइल फोटो

प्रमोद यादव
पर्सा,४असोज : पर्साको सखुवा प्रसौनी गाँउपालिका वडा नम्बर १ मा पर्ने जमुनिया खोलाबाट नदजिन्य पदार्थको उत्खनन् र निकासीमा रोक लगाइएको छ ।

वडा नम्बर १ को बोर्ड बैठकले खोलामा रहेका बालुवा , गिट्टी र ढुङ्गा गाँउपालिकाको साझा सम्पति रहेकाले यसलाई जोगाउनु सबैको नैतिक कर्तब्य भएकाले खोलाबाट कुनैपनि नदिजन्य पदार्थको उत्खनन् र निकासी पैठारीममा रोक लगाउने निर्णय गरिएको वडा अध्यक्ष बासुदेव महत्तो थारुले एक सुचना जारी गरेर जनाएका छन् ।

भदौं २९ गतेको बोर्ड बैठकले यस्तो निर्णय गरेको सूचनामा उल्लेख छ । यदि कसैले खोलाबाट उत्खनन् वा निकासी पैठारी गरेमा टट्याक्टरलाई १० हजार रुपैयाँ र ट्रिपरलाई ३० हजार रुपेयाँ जरीबानाका साथै कानुन अनुसारको कारबाहीपनि गरिने सूचनामा उल्लेख छ ।

पर्सामा रहेका भलुवाही, भेडाहा , जमुनिया , सिंग्याही लगायतका नदि र खोलामा वर्षा सुरु भएको तीनमहिनादेखि नदिजन्य पदर्थको उत्खनन् तथा निकासी पैठारीको ठेक्कापट्टा बन्द हुदाँ पर्सामा भौतिक निमर्माणका काममा असर परेको छ । सरकारले उत्खनन् र निकासी पैठारी नखोलेपनि तस्करहरुले नदि र खोलाबाट अवैध रुपममा उत्खनन् गरी चोरी तस्करी भने गरि नै रहेका छन् ।

 

Related posts

वीरगन्जको अलौंमा कौडाको खालबाट चार जुवाडे पक्राउ

MadhesKhabar

नेपालकाे खेलकुद इतिहासमै ठूलाे सफलता :पारालिम्पिकमा पलेशाले दिलाइन् ऐतिहासिक पदक

MadhesKhabar

जिराभवानीको कार्यपालिका सदस्यमा काँग्रेसको प्यानल विजयी

MadhesKhabar

Leave a Comment