Madhes Khabar
समाज

पर्साको जिराभवानीमा अपाङ्गता अधिकार सम्बन्धि सचेतनामुलक कार्यक्रम सम्पन्न

पर्सा,२बैशाखःपर्साको जिराभवानी गाउँपालिका वडा नम्बर १ मा शाररिक अपाङ्गता भएका व्यक्ति तथा प्रभावित परिवार सदस्यहरुका लागि एक दिने सचेतनामुलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

एब्लिस फाउन्डेसन फिन्ल्याण्डको आर्थिक सहयोगमा वी नेपाल नामक संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहजकर्ता राष्ट्रिय अपाङ्ग महासंघका सचिवालय सदस्य सुनिल यादवले कार्यक्रममा सहभागीहरुलाई अपाङ्गता अधिकार सम्बन्धि जानकारी गराएका थिए ।

अपाङ्गता भएका महिलाहरुको आर्थिक सशक्तीकरणका लागि विगत चार वर्षदेखि काम गर्दै आएको बि नेपाल नामक संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागीमध्ये अशोक राय,चिन्ता कुमारी ,कालपती देवबी लगायत आ–आफ्नो अनुभव सुनाएका थिए । कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

वी नेपालका संस्थापक अध्यक्ष सबु पौडेलको अध्यक्षता तथा जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्ष रामशरण खवास, सामाजिक अभियन्ता प्रकाश थारु ,महिला बालबालिका शाखा प्रमुख रन्जिता पौडेल , समाजसेवी अजगैबीनाथ गौरो लगायतको पनि सहभागिता थियो । कार्यक्रमको सञ्चालन अधिवक्ता रशना ढकालले गरेकी थिइन् ।

 

Related posts

हावाहुरीले घर भत्किएर घाइते बालकको उपचारका लागि आर्थिक सहयोग गरिदिन बुबाको अपिल

MadhesKhabar

मानव सेवा आश्रमद्धारा वीरगन्जको सडकबाट एक युवकको उद्धार

MadhesKhabar

पत्रकार नेहाल खानकाे उपचारका लागि जन सेवा संस्थाले गर्याे आर्थिक सहयाेग

MadhesKhabar

Leave a Comment