वीरगन्ज,२६असोजःवीरगन्ज समाज सेवा नामक संस्थाले शनिबारपनि नारायणी अस्पतालमा निःशुल्क भोजन वितरण गरेको छ । हरेक हप्ताको शनिबार उक्त संस्थाले नाराायणी अस्पतालमा निःशुल्क भोजन वितरण गर्दै आएकोमा शनिबार २५ औं हप्तामापनि करिब ४ सय ५० भन्दाबढीलाई निःशुल्क भोजन वितरण गरेको हो ।
अस्पतालमा उपचाररत बिरामी, तीनका कुरुवाका साथै गरिबविपन्नहरु गरि ४ सय ५० भन्दा बढी व्याक्तिहरुलाई हरेक हप्ताको शनिबार निःशुल्क भोजन वितरण गर्दै आएको वीरगन्ज समाज सेवाका अध्यक्ष अशोककुमार गुप्ताले जानकारी दिए ।
निःशुल्क भोजनमा भात, दाल , तरकारी र आचार खुवाउने गरिएको सेवाका प्रकाश बहितिले जानकारी दिए । सेवामा आबद्ध युवाहरुले आफनो निजी लगानीमा अस्पतालमा हरेक शनिबार निःशुल्क भोजन वितरण गर्दै आएको उनले बताए । शनिबार भएको निःशुल्क भोजन वितरण कायर्यक्रममा सेवाका उपाध्यक्ष मनोज प्रसाद रौनियार, कोषाध्यक्ष विनोद सर्राफ, सदस्यहरु अभिलाष गुप्ता,मदन प्रसाद गुप्ता , राजु रुंगटा,वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , नवनित अग्रवाल , बैधनाथ प्रसाद कलवार , वीरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , राधेश्याम गुप्ता, सन्चारकर्मी अभिलाष कुमार गुप्ता लगायतकोपनि सहभागीता थियो ।

