Madhes Khabar
समाज

वीरगन्जको रानीघाटमा २१ औं पटक आयोजित रक्तदान कार्यक्रममा ४६ जनाले गरे रगत दान

वीरगन्ज,८ बैशाख : वीरगन्जको रानीघाटमा शनिबार दुर्गापूजा सेवा समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा ४६ जनाले रगत दान गरेका छन् ।

नयाँ बर्षको उपलक्ष्यमा दुर्गापूजा सेवा समितिले २१ औं पटक शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको र कार्यक्रममा ४६ जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

रगत दान गर्नेहरुमा शतिषसिंह राजपूत, डाक्टर वासु कर्ण, नीरज गुप्ता,निरन्जन कानु, प्रमोद गुप्ता,राज सर्राफ,श्याम गुप्ता,राहुल ओझैया,मनिष सर्राफ,चन्दन सिंह, प्रिन्स कलवार,मुन्ना पटेल,विजय राम,सरोज गुप्ता, नुरुल होदा लगायतका रहेका छन् ।

दुर्गा पुजा सेवा समितिका अध्यक्ष शतीष सिंह राजपूतको अध्यक्षता तथा समितिका संस्थापक अध्यक्ष अजय पौडेलको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा गोपाल प्रसाद रौनियार,राजु गुप्ता, छोटेलाल सर्राफ लगायतकोपनि उपस्थिति रहेको थियो ।

Related posts

पत्रकार खानकाे उपचारका लागि वीरगन्ज युवा समाजलेे दियाे २१ हजार रुपैयाँ

MadhesKhabar

पर्सा–बारामा तेरापंथ युवक परिषदले आयोजना गरेको शिविरमा १ हजार १२७ जनाले गरे रगत दान

MadhesKhabar

वीरगंज–३० मा जसपा नेता मनोज साह सहित १०० जना नेता कार्यकर्ता एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment