Madhes Khabar
स्थानिय

वीरगन्जमा कर्फुका कारण आजको रात्रि बजार स्थगित, भोलिको परिस्थिति बमोजिम निर्णय लिइने

वीरगन्ज,३०चैतःनयाँ वर्ष २०८२ को स्वागतमा वीरगन्जमा आयोजित रात्रि बजार आज (शनिबार) स्थगित भएको छ ।वीरगन्ज महानगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको रात्रि बजार आइतबारसम्म संचालन हुने लक्ष्य रहेको थियो ।

हनुमान जन्मोत्सवका अवसरमा आज आयोजित शोभा यात्रामा दुई समुदायबीच भएको झडप हिंस्रक भई स्थानीय प्रशासनले कफ्र्यू जारी गरेपछि महानगरपालिकाले आजका लागि रात्रि बजार स्थगित गरेको हो ।

भोलि(आतबार)को रात्रि बजार लाग्ने नलाग्ने विषयमा भने परिस्थिति अनुरुप निर्णय लिइने छ । कफ्र्यु जारी रहने वा नरहने विषयले भोलिको रात्रि बजारको निर्णय हुने आयोजक संस्था वीरगन्ज महानगरपालिकाले जनाएको छ ।

नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगंज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कमा ‘रात्रि बजार’ आयोजना गरेको थियो ।नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिएको रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको थियो । यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो ।

महानगरले रात्री बजार सञ्चालनका लागि विभिन्न संघ संस्थासँग सहकार्य गरेको छ । ग्रीन सिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइकलिङ क्लब, ओमेन्स क्रिएसन र फोरजीआरसँगको समन्वयमा महानगरले रात्रि बजार लगाएको हो ।

Related posts

वीरगन्जमा लामखुट्टेको प्रकोप बढेपछि विषादी छर्कने महानगरको तयारी, तपाईको वडामा कहिले ?

MadhesKhabar

जगरनाथपुरकाे शिक्षा शाखाका चौरसिया भ्रष्टाचारका १८ वटा मुद्दामा दोषी ठहर

MadhesKhabar

मन्त्री सिंहासन कलवारकी पत्नीले ठेक्का लिएका ६ वटा सडककाे काम अलपत्र

MadhesKhabar

Leave a Comment