वीरगन्ज,२४चैत:रामनवमीका अवसरमा वीरगन्जमा आइतबार साँझ भव्य महाआरती सम्पन्न भएको छ।वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर प्रांगणमा भब्य महाआरती आयाेजना गरिएको हाे।

माईस्थान मन्दिर सञ्चालन समितिले आयाेजना गरेकाे महाआरतीमा हजारौं भक्तजनहरुकाे सहभागीता थियाे।त्यसअवसरमा उनिहरुले दीप प्रज्वलन गरेर गहवामाईकाे पूजा आराधनापनि गरेका थिए भने भजनकिर्तनका साथ झाँकीपनि प्रदर्शन गरिएको थियाे।

महाआरती समाराेहलाई सम्बाेधन गर्दै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्जलाई धार्मिक पर्यटनकाे केन्द्र बनाउने अभियानमा आँफु लागेकाे बताए ।वीरगन्जमा रहेका हिन्दु धार्मिक मठमन्दिरहरुकाे संरक्षण गर्दै तिनीहरुकाे साैन्दर्यकरणका लागि महानगरपालिकाले अभियान नै चलाएकाे बताए ।उनले भने,नेपालका हिन्दुहरु दर्शन गर्न भारतकाे वैष्णाेदेवी,बनारस,अयाेध्या जाने प्रचलन छ ।तर अब हामीले वीरगन्जमा रहेका मठमन्दिरहरुका बारेमा भारतमा प्रचार प्रसार गरेर भारतीयहरसलाई अब यहाँ दर्शन गर्न आउने वातावरण बनाउनु पर्छ।त्यसमा महानगर लागिरहेकाे छ।´

रामनवमीकै अवसरमा शनिबार वीरगन्जको गहवाईमाईकाे भव्य डाेली यात्रापनि निकालिएको थियाे ।त्यस्तै आइतबार बिहान वीरगन्जमै रामनवमीका अवसरमा शाेभा यात्रा निकालेर नगर परिक्रमापनि गराइएको थियाे।



