Madhes Khabar
समाचार

आलुकाे बाेरामा लुकाएर वीरगन्ज नाकाबाट लागू ओैषधकाे तस्करी,एक बालक पक्राउ (भिडियोसहित)

वीरगन्ज,२०चैत:भारतकाे रक्सौलबाट आलुकाे बाेरामा लुकाएर लागू ओैषध भित्र्याउँदै गरेका एक बालक वीरगन्ज नाकामा पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर १४ भाैरा घर बताउने १३ वर्षीय चन्दन सहनी रहेका छन्।

सहनीलाई सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित भन्सार क्षेत्रबाट लागू ओैषधसहित पक्राउ गरेकाे हाे।बुधबार साँझ रक्सौलबाट वीरगन्ज आँउदै गरेकाे टाङ्गामा सवार सहनीकाे साथमा रहेकाे सेताे रंगकाे बाेराभित्र आलुमा लुकाएर राखिएको ५० बाेत्तल लागू ओैषध बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए।


आलुकाे बाेराबाट लागू ओैषध ओनेरेक्स सिरप ५० बाेत्तल बरामद भएको उनले बताए।लागू ओैषधसहित पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार साँझ नै प्रहरी चाैकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

Related posts

पर्सामा एमाले निकट निर्माण व्यवसायी परिषद् गठन,अध्यक्षमा जले आलम

MadhesKhabar

अब वर्षा याममा पनि मेलम्चीको पानी निर्वाध रुपमा काठमाडौँमा वितरण हुन्छ : मन्त्री यादव

MadhesKhabar

वीरगन्जबाट तस्करीकाे २८ लाखकाे सामान सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

Leave a Comment