Madhes Khabar
समाचार

आलुकाे बाेरामा लुकाएर वीरगन्ज नाकाबाट लागू ओैषधकाे तस्करी,एक बालक पक्राउ (भिडियोसहित)

वीरगन्ज,२०चैत:भारतकाे रक्सौलबाट आलुकाे बाेरामा लुकाएर लागू ओैषध भित्र्याउँदै गरेका एक बालक वीरगन्ज नाकामा पक्राउ परेका छन्।पक्राउ पर्नेमा बाराकाे महागढीमाई नगरपालिका वडा नम्बर १४ भाैरा घर बताउने १३ वर्षीय चन्दन सहनी रहेका छन्।

सहनीलाई सशस्त्र प्रहरीले वीरगन्ज-१६ स्थित भन्सार क्षेत्रबाट लागू ओैषधसहित पक्राउ गरेकाे हाे।बुधबार साँझ रक्सौलबाट वीरगन्ज आँउदै गरेकाे टाङ्गामा सवार सहनीकाे साथमा रहेकाे सेताे रंगकाे बाेराभित्र आलुमा लुकाएर राखिएको ५० बाेत्तल लागू ओैषध बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहले जानकारी दिए।


आलुकाे बाेराबाट लागू ओैषध ओनेरेक्स सिरप ५० बाेत्तल बरामद भएको उनले बताए।लागू ओैषधसहित पक्राउ परेका सहनीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधबार साँझ नै प्रहरी चाैकी इनर्वामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

Related posts

वरिष्ठ सई राणा बाराकाे उत्कृष्ट प्रहरी घाेषित

MadhesKhabar

पहिरोले घर बगाउँदा दुईको मत्यु , तीन जना बेपत्ता

MadhesKhabar

पर्सामा लाखौं लगानी गरिएको विजुली उत्पादन गर्ने ग्यासिफायर प्लान्ट अलपत्र

MadhesKhabar

Leave a Comment