Madhes Khabar
मधेस प्रदेश

मधेसको मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा : पूर्वमुख्यमन्त्री राउतको पालाका फाइलहरु नियन्त्रणमा

वीरगन्ज,२०चैतःमधेस प्रदेशको मुख्यमन्त्री कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेर विभिन्न योजना सम्बन्धि फाइलहरू नियन्त्रणमा लिएको छ ।

पूर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा स्वच्छता अभियान, सफ्टवेयर खरिद र सुरक्षा उपकरण खरिदसम्बन्धी फाइलहरू अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, अख्तियारको टोलीले अर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्मका योजनासँग सम्बन्धित कागजात र फाइलहरू अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
विशेष गरी, स्वच्छता अभियानमा अनियमितता भएको गुनासो आएपछि तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले उक्त कार्यक्रम भौतिक पूर्वाधार विकास मन्त्रालयलाई हस्तान्तरण गरेका थिए ।

अख्तियारको टोलीले दुई वर्षको स्वच्छता अभियान तथा सफ्टवेयर खरिदसम्बन्धी सम्पूर्ण फाइलहरू नियन्त्रणमा लिएको हो । स्रोतका अनुसार, निजामती पीआइएस सिस्टम, अफिस अटोमेसन सिस्टम र जिन्सी अटोमेसन सिस्टम खरिदसम्बन्धी फाइलहरू समेत अख्तियारले अनुसन्धानका लागि लगेका छन् ।

आर्थिक वर्ष २०७७/०७८ मा करिब एक करोडको लागतमा खरिद गरिएका सफ्टवेयरहरू अहिलेसम्म प्रयोगमा नआएको पाइएको छ । ती सफ्टवेयरहरू स्टोरमै रहेको देखिएपनि भुक्तानी भइसकेकाले अनियमितता भएको भन्दै अख्तियारले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

त्यस्तै, अख्तियारले सुरक्षा उपकरण खरिदसम्बन्धी फाइलहरू समेत नियन्त्रणमा लिएको छ । अख्तियारका अनुसार, संबन्धित कारोबार पुरानो भए पनि तीन महिना अगाडि उजुरी परेकाले अनुसन्धान अघि बढाइएको हो ।

राउत नेतृत्वको सरकारले सुरु गरेका बेटी पढाउ, बेटी बचाउ कार्यक्रम र स्वच्छता अभियान प्रारम्भमा प्रशंसित भए पनि पछि साइकल खरिदमा भ्रष्टाचार भएको पुष्टि भएपछि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

Related posts

सखुवा प्रसौनीको कार्यपालिका निर्वाचनमा एमालेको क्लीन स्वीप

MadhesKhabar

हत्या गरी फरार अभियुक्त पक्राउ !

MadhesKhabar

महोत्तरी– १ मा जनमत पार्टीको प्रदर्शन, मतगणना रोकियो

MadhesKhabar

Leave a Comment