Madhes Khabar
राजनीति

तीनकुनेमा भएको हिंस्रक घटनाको मुख्य नाइके पूर्वराजा ज्ञानेन्द्र शाह हुन् : मन्त्री यादव

फाइल तस्बिर ।

वीरगन्ज,१७चैतःनेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंमा गत शुक्रबार भएको राजावादीहरुको हिंसक आन्दोलनको मुख्य नाइके पूर्वराजा ज्ञानेन्द्र शाह रहेको आरोप लगाएका छन् ।

भारतीय टिभि च्यानल आजतकसंगको कुराकानीमा मन्त्री यादवले भने,‘ काठमाडौंको तीनकुने क्षेत्रमा गत शुक्रबार भएको घटनाको पर्दा पछाडिको मुख्य नाइके पूर्वराजा ज्ञानेन्द्र शाह हुन् । त्यो घटनाकाो मूख्य दोषी उनि नै हुन् ।’पूर्वराजा ज्ञानेन्द्र शाहले नै उक्साएर तीनकुनेमा हत्या,हिंसा, लु्टपाट गराएर आतंक मच्चाएको मन्त्री यादवले बताए ।

गत शुक्रबार राजावादीको नियत राजतन्त्र फर्काउनका लागि नभई डकैती ,लुटपाट,हिंसा र आतंक मच्चाउने रहेको तथ्य पुष्टि भइसकेको यादवले बताए ।उनले भने,‘लोकतन्त्र ,गणतन्त्र भन्दा दुनियामा उत्तम व्यवस्था अरु कुनै छैन । लोकतन्त्र, गणतन्त्र नै सबैभन्दा उत्तम व्यवस्था हो । यसलाई हामी अझ मजबुतीका साथ अगाडि लिएर जान्छौ ।’उनले नेपालमा अब राजतन्त्र फर्कने कुरा असम्भव रहेको दाबीपनि गरे ।

Related posts

पर्साबाट हजरा र देवकोटा एमालेको समानुपातिक सांसद

MadhesKhabar

पर्सा ४ बाट कांग्रेस महासमिति सदस्यमा मन्त्री रिजालसहित ११ जना निर्विरोध निर्वाचित

MadhesKhabar

पर्सामा माओवादीले आकांक्षी उम्मेदवारको नाम टुङगो लगायो

MadhesKhabar

Leave a Comment