Madhes Khabar
राजनीति

उपेन्द्र यादव फेरि बने जसपा नेपालकाे अध्यक्ष

जनकपुरधाम,३०जेष्ठ:जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित भएका छन् । पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव जनकपुरमा जारी राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन भएका हुन् ।

निर्वाचन प्रक्रिया अनुसार जसपा नेपालको नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन् ।

अध्यक्षबाहेकका अन्य पदमा नेताहरूको उम्मेदवारी परेकाे छ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।

Related posts

रातारात पार्टी फुटाएर बनेको ओशक राईको दल अवैधानिक छ : उपेन्द्र यादव

MadhesKhabar

नेकपा एसले २० लाख भाेट ल्याउछ: अध्यक्ष नेपाल

MadhesKhabar

ठाकुरराम क्याम्पसमा आगजनी गर्नेहरुलाई पक्राउ गरि कारबाही गर्न नेविसंघको माग

MadhesKhabar

Leave a Comment