
जनकपुरधाम,३चैतःजनकपुरमा होली खेल्ने क्रममा छुरा प्रहारबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । शनिबार साँझ जनकपुर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ बिन्धि चोकमा भएको विवादमा छुरा प्रहारबाट १९ बर्षीय आंशु यादव गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
यादवलाई छुरा प्रहार गर्ने २१ बर्षीय धर्मेन्द्र महत्तोलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार, शनिबार साँझ होेली खेल्ने क्रममा विवाद भएपछि महत्तोले यादवमाथि छुरा प्रहार गरेका थिए । घाइते यादवलाई तत्काालै अस्पताल पुर्याइएको थियाो । त्यहि उपचारका क्रममा उनको मृत्यु भएकाो जिल्ल प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बरुण कुमार सिंहले जानकारी दिए ।

