Madhes Khabar
अर्थतन्‍त्र

वीरगन्जका मसाज सेण्टरहरुलाई मर्यादित बनाउन पहल सुरु

वीरगन्ज,११फागुन:वीरगन्जमा सञ्चालनमा रहेका स्पा(मसाज सेण्टर) र होटलहरुलाई व्यवस्थित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायि संघ पर्साले संयुक्त रुपमा पहल थालेका छन्।

आइतबार वीरगन्जको क्लासिक ब्यान्क्वेटमा स्पाका सञ्चालक र प्रबन्धकहरुको सहभागीतामा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यावसायि संघ पर्साको संयुक्त आयोजनामा`मर्यादित होटल व्यसाय सन्चालनमा व्यवसायी र प्रहरीको भुमीका´ बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ।कार्यक्रममा होटल तथा पर्यटन व्यसायी संघ पर्साका अध्यक्ष हरि पन्तले होटल व्यवसायी र प्रहरीको सहकार्य यस क्षेत्रका तमाम समस्या समाधानमा कोशे ढुङ्गा साबित हुने बताए । उनले २१ औं शताब्दीको प्रहरीले अनावश्यक रूपमा होटलको चोठाकोठा चाहरेर आफ्नु महत्त्वपूर्ण समय बर्बाद नगर्न समेत सुझाए ।

पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले कुनै पनि होटलमा होटल व्यवसायीहरुको प्रत्यक्ष संलग्नतामा गलत क्रियाकलाप र यौनजन्य गतिविधि नगर्न र त्यसो गरिएको भेटिए कारबाहीको लागि तयार रहन चेतावनी समेत दिए।उनले आँफू पर्सा आए पछि वीरगन्जका ४ जना होटल व्यवसायीरुलाइ मानव बेचबिखानको मुद्दा चलाएको समेत बताए ।

७० भन्दा बढी हाेटल व्यवसायीहरुको रहेको कार्यक्रममा होटल व्यवसायीहरुले आआफ्ना समस्या राख्ने क्रममा व्यवसायीहरुमाथी कतै कतै अन्याय समेत भएको बताए।

होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रचेन्द्र सिंह थापाले स्वागत तथा दिलिप राज कार्कीले सहजीकरण गरेका थिए।कार्यक्रममा प्रहरी नायब उपरीक्षक ,प्रहरी निरीक्षक र सामुदायिक प्रहरीका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।

Related posts

सरकारले बढायाे डिजेल र पेट्रोलकाे मूल्य, वीरगन्जमा कति पुग्याे ?

MadhesKhabar

राजश्व संकलनमा वीरगन्ज भन्सार सफल , सुख्खा बन्दरगाह भन्सार असफल

MadhesKhabar

सरकारको गलत नीतिले उद्योगको अवस्था बेहाल छः कांग्रेस नेता रुंगटा

MadhesKhabar

Leave a Comment