Madhes Khabar
कृषि हेडलाइन

पर्साकाे रंगपुरमा १ कराेड ३० लाखकाे लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र निर्माण

वीरगन्ज,०६फागुन:पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा १ कराेड ३० लाखकाे लागतमाआधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको छ।

किसानका उत्पादन संकलन र बिक्री वितरण तथा भण्डारणका लागि रंगपुरमा १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएको हो ।मंगलबार मधेस प्रदेश सरकारका भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले नवनिर्मित कृषि बजार तथा चिस्यान केन्द्रकाे उद्घाटन गरेका छन् ।

केन्द्र भवनकाे उद्घाटन गर्दै मन्त्री सिंहले यस बर्ष कार्यसम्पादन मुल्यांकनमा मधेस प्रदेशमै दाेस्राे स्थान हासिल गर्न सफल पटेर्वा सुगाैली गाँउपालिकालाई आगामी बर्षमा पहिलाे बन्ने गरि काम गर्न सुझाव दिए।पटेर्वा सुगाैली गाँउपालिकाले शिक्षा,स्वास्थ्य,कृषि,सडक पूर्वाधार विकास लगायतमा उदाहरणीय काम गरिरहेकाे उनले बताए।मधेस प्रदेशलाई कृषि बीउबिजनकाे उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर आफ्नो मन्त्रालयले काम गरिरहेकाे उनले सुनाए।

प्रदेशकाे कृषि मन्त्रालयले कृषि उपकरण ५० प्रतिशत अनुदानमा किसानलाई उपलब्ध गराइरहेकाले त्यसकाे लाभ लिन किसानहरुलाई उनले आग्रह गरे।मधेस प्रदेश सरकारले कृषि ऐेन जारी गरेकाे भन्दै उनले उक्त ऐनमा किसानका लागि धेरै लाभदायी कुराहरु रहेकाे बताए।

कृषि ऐनमा प्राकृतिक विपदले किसानकाे उपजमा हुने क्षतिकाे उचित क्षतिपूर्ति दिने,किसानलाई समयमै प्राविधिक सहयाेग उपलब्ध गराउने,एकीकृत कृषि प्राविधिक सेवा केन्द्र स्थापना,कृषक महिला स्वंयसेविका परिचालन,हरेक पालिकामा कृषि सुचना केन्द्र स्थापना गर्ने उल्लेख रहेकाे उनले बताए ।

 

संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र गाँउपालिकाको गरी कूल १ करोड ३० लाख रुपैयाँको लागतमा आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिएकाे पटेर्वा सुगाैली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीले बताए ।उनका अनुसार, आधुनिक कृषि बजारमा किसानले उत्पादन गर्ने तरकारी संकलन र बिक्रीवितरणका लागि ६ वटा व्यवस्थित पक्की सेड, एउटा शौचालय र कम्पाउन्ड वाल निर्माण गरिएकाे छ । यस्तै किसानका तरकारी भण्डारणका लागि कृषि बजार परिसरमै १९ लाख १९ हजार रुपैयाँको लागतमा मिनि कोल्ड स्टोर(चिस्यान केन्द्र)पनि निर्माण गरिएकाे गाँउपालिका उपाध्यक्ष ममता महत्ताेले जानकारी दिइन् ।उनका अनुसार,उक्त चिस्यान केन्द्रकाे क्षमता १ मेट्रीक टन रहेकाे छ।केन्द्र भवनभित्रै स्तनपान कक्षपनि निर्माण गरिएको उनले जानकारी दिइन्।

ब‌ैशाख १९ गते शिलान्यास गरेर निर्माण कार्य सुरु गरिएको कृषि बजार तथा चिस्यान केन्द्र भवनकाे निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनिसंग सम्झौता गरिएको थियाे ।तर सम्झाैतामा उल्लेख गरिएको समयावधि भन्दा ५ महिना अगावै केन्द्र भवनकाे निर्माण कार्य सम्पन्न भएको हाे।

मंगलबार उद्घाटन गरिएको कृषि बजार तथा चिस्यान केन्द्र अब गाँउपालिकाले छिट्टै बाेलपत्र आह्वान गरेर ठेक्कामा लगाएर सञ्चालनमा ल्याउने गाँउपालिका उपाध्यक्ष महत्ताे थारुले जानकारी दिइन्।

गाँउपालिका अध्यक्ष चाैधरीले आगामी आर्थिक बर्षमा वडा नम्बर ४ र ५ मा पनि आधुनिक कृषि बजार तथा चिस्यान केन्द्र भवन निर्माण गरिने बताए।

गाँउपालिका अध्यक्ष चाैधरीको अध्यक्षता तथा मन्त्री क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष ममता महतो थारु, प्रमुख प्रशासकीय अधिकृत प्रमुख प्राण मेहता,वडाध्यक्षहरु विजय गैरे,माधव राउत थारु,बासु पञ्जियार र बिपिन मुखिया बिन,कार्यपालिका सदस्यहरु शिवबालक ठाकुर,सजिना रसाइली,मीना देवी मुसहेरिन्,कांग्रेसका क्षेत्रीय सभापति श्रीकिसुन चाैहान,गिरीराज कँडेल लगायतकोपनि उपस्थिती थियो ।

Related posts

मधेस प्रदेश सरकारकाे नीति तथा कार्यक्रम आज प्रस्तुत हुदैं

MadhesKhabar

धानको मूल्य क्विन्टलमा २२६ रुपैयाँले बढ्यो

MadhesKhabar

रुपेश स्वर्णकार हत्या प्रकरण : पक्राउ परेका युवतीसहित ७ जना जेल चलान

MadhesKhabar

Leave a Comment