Madhes Khabar
पर्यटन

ठोरी जंगल रिसोर्टद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा रोशिका विष्ट प्रथम

वीरगन्ज,२७माघःपर्साको ठोरी गाँउपालिका वडा नम्बर २ मा रहेको ठोरी जंगल रिसोर्टको तेस्रो बार्षिकोत्सवमा आइतबार आयोजित वक्तृत्वकला प्रतियोगितामा रोशिका विष्ट प्रथम भएकी छन् ।

रिसोर्टकै सभाकक्षमा आयोजित ‘स्थानीय पर्यटनको प्रबद्र्धनमा हाम्रो भुमीका’ शीर्षक वक्तृत्वकला प्रतियोगितामा ठोरीको सरस्वती माविकी छात्रा विष्ट प्रथम भएकी हुन् । यस्तै नेपाल राष्ट्रिय मावि ओडारकी छात्रा भावना खड्का द्वितीय र विजयवस्ती माविकी छात्रा प्रतिमा श्रेष्ठ तृतीय भएकी छन् । उक्त प्रतियोगितामा ठोरीका ५ वटा सामुदायिक विद्यालयका विधार्थीले भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम हुन सफल विष्टलाई ३ हजार १ सय, दोस्रो भएकी खड्कालाई नगद २ हजार १ सय र तेस्रो भएकी श्रेष्ठलाई १ हजार १ सय रुपैयाँ तथा प्रमाणपत्र प्रदान गरिएको रिसोर्टका सञ्चालक एंव पर्यटन व्यवसायी सुदीप थापाले जानकारी दिए ।

रिसोर्टको तेस्रो स्थापना दिवसकै अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको थियो भने सोमबार विविध कार्यक्रम गरेर बार्षिकोत्स कार्यक्रम समापन गरिने थापाले जानकारी दिए ।

Related posts

निजगढ विमानस्थल बारे सुझाव दिन विज्ञ समुह गठन

MadhesKhabar

‘भारत गौरव पर्यटक रेल’ जनकपुरधाम आइपुग्यो

MadhesKhabar

निजगढ विमानस्थलको विरोधमा टाँगीयवस्तीबासीले नै गरे प्रदर्शन

MadhesKhabar

Leave a Comment