Madhes Khabar
पर्यटन

निजगढ विमानस्थल बारे सुझाव दिन विज्ञ समुह गठन

मधेसखबर
वीरगन्ज , २२ साउन : सरकारले सर्वोच्च अदालतको आदेश अनुसार निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बारे सुझाव दिन विज्ञ समूह गठन गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजाको संयोजकत्वमा विज्ञ समूह गठन भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार शुक्रबारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

विज्ञ समूहमा पूर्वअर्थसचिव रामेश्वर खनाल, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यसहितका व्यक्ति रहेको उनले जानकारी दिए । समूहले १ महिनाको समय पाएको छ ।
समूहमा वातावरण, विकास, अर्थतन्त्र र हवाई क्षेत्रका विज्ञहरु समावेश रहेको महानिर्देशक अधिकारीले जानकारी दिए ।

सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणमा यसअघिका सबै प्रक्रिया रद्द गरी विज्ञ समूहको सुझावका आधारमा अगाडि बढ्न सरकारलाई आदेश गरेको थियो । सोही अनुसार सरकारले यस्तो समूह गठन गरेको हो ।

बाराको निजगढमा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन २०५१ सालबाटै प्रक्रिया सुरु भएको थियो । तर, लामो समय अल्झनमा बस्दा यो आयोजना अनेक संकटमा फस्न पुगेको हो ।

Related posts

वीरगन्जमा चिडियाखाना निर्माणको काम शुरु : भाठा देखि ठोरी सम्म केबुलकार पनि बनाउने मन्त्री यादवको घोषणा

MadhesKhabar

पर्यटन क्षेत्रको विकास गर्न सके मधेस प्रदेशको कायापलट हुन्छ : मुख्यमन्त्री सिंह

MadhesKhabar

होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिन सरकारसंग माग

MadhesKhabar

Leave a Comment